स्थानीय बजारमा सुनको मूल्यले एकपछि अर्को रेकर्ड कायम गरेको छ । बिहीबारको तुलनामा एकै दिन प्रतितोला २ हजार रुपैयाँले बढ्दै शुक्रबार सुनको नयाँ रेकर्ड कायम गरेको हो ।
बिज्ञापन
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ६४ हजार ४०० रुपैयाँ पुगेको छ । यसअघि बिहीबार सुन प्रतितोला १ लाख ६२ हजार ४०० रुपैयाँमा किनबेच भएको थियो । सुनको मूल्यले रेकर्ड कायम गरिरहँदा चाँदीको मूल्य पनि ह्वात्तै बढेको छ ।
बिज्ञापन
महासंघका अनुसार बिहीबार प्रतितोला १ हजार ९५० रूपैयाँमा किनबेच भएको चाँदीको मूल्य शुक्रबार प्रतितोला १ हजार ९८० रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ३० रूपैयाँले बढी हो । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा त्यसको प्रभावस्वरूप स्थानीय बजारमा पनि मूल्य बढेको हो ।








