होमपेज > दशैं मनाउन कुवेतबाट काठमाडौं आएका यात्रुहरुको विमानले लगेज छुटाएपछि…

दशैं मनाउन कुवेतबाट काठमाडौं आएका यात्रुहरुको विमानले लगेज छुटाएपछि…

बिज्ञापन
बिज्ञापन

काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान ओर्लिएको कुवेत एयरलाइन्सको विमानले लगेज छुटाइदिएपछि यात्रुहरु मर्कामा परेका छन् ।

बिज्ञापन

कुवेत एयलाइन्सको उडान नम्बर केयू ३९१ विमान आज बिहान साढे ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएको थियो । तर यात्रुहरुले आफ्ना लगेज पाएनन् । सोही विमान चढेर काठमाडौं आएका एक यात्रुले दशैं मनाउन आउँदा लगेजनै छुटेपछि खल्लो लागेको बताए । उनले  भने, ‘लगेजमा दशैंका लागि किनमेल गरेका सामानहरु पनि थिए । त्यही छुट्दा खल्लो हुने भयो ।’ उनका अनुसार करिब ८० प्रतिशत यात्रुको लगेज छुटेको छ ।

बिज्ञापन

यात्रुहरुले काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको कुवेत एयरलाइन्सको कार्यालयमा लगेज दाबी गर्दै निवेदनसमेत दिएका छन् । त्यस्तो निवेदनलाई ‘प्रपर्टि इरेगुलारिटी रिपोर्ट –पी.आई.आर’ भनिन्छ । ती यात्रुका अनुसार कुवेत एयरलाइन्सका कर्मचारीहरुले आगामी सोमबारसम्म सुरक्षित रुपमा लगेज उपलब्ध गराउने बताएका छन् ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते