होमपेज > यस्तो छ आजको तरकारी तथा फलफूलको बजार भाउ

यस्तो छ आजको तरकारी तथा फलफूलको बजार भाउ

बिज्ञापन
बिज्ञापन

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि फलफूल तथा तरकारीको मूल्य सार्वजनिक गरेको छ ।

बिज्ञापन

समितिले जारी गरेको मूल्यसूची अनुसार बिहीबार ठूलो गोलभेडाको औसत मूल्य १४५ रुपैयाँ तोकिएको । यस्तै, सानो लोकल गोलभेडा हिजो १००, सानो गोलभेडा (टनेल) ११६ रुपैयाँ निर्धारण गरिएको छ । यसैगरी, रातो आलु ८२, रातो आलु (भारतीय) ६२, आलु रातो (मुडे) ८२ रुपैयाँ, प्याज सुकेको १०७, लोकल गाजर १३५, गाजर (तराई) ११०, बन्दा (स्थानीय) ५५, बन्दा (तराई) ३५, काउली स्थानीय १२५, मुला रातो ४५ रुपैयाँ प्रतिकेजी तोकिएको छ ।

बिज्ञापन

समितिका अनुसार लाम्चो भान्टा ५५, डल्लो भान्टा ६५, तने बोडी १००, मकै बोडी ६५, मटरकोशा १२५, लोकल घिउ सिमी ९५, हाइब्रीड घिउ सिमी ९५, टाटे सिमी ६५, भटमास कोसा ५५, तितो करेला ९५, लौका ७५, लोकल परवर ९५, चिचिण्डो ५५, घिरौँला ११०, पाकेको फसी ४५, हरियो फर्सी ३५, सलगम ९५, भिण्डी ५५, बरेला ११०, पिँडालू ६५, स्कुस २५ रुपैयाँ प्रतिकेजीमा खरिद बिक्री भइरहेको छ । यसैगरी, कन्य च्याउ १५६, डल्ले च्याउ ४२६, राजा च्याउ २९०, कुरीलो ५५०, न्यूरो ८५, रातो बन्दा १२५, ब्रोकाउली १७६, गान्टे मूला ९५ रुपैयाँ मूल्य कायम भएको छ ।

समितिले रायोको सागको औसत मूल्य प्रतिकेजी १६६ रुपैयाँ, पालुङ्गो साग १७६, तोरीको साग ७५, हरियो प्याज २२६, चुकुन्दर ८५, पुदिना ८५०, तामा ९५, गुन्द्रुक २७६, हरियो धनियाँ १७६ रुपैयाँ मूल्य निर्धारण गरेको छ । यस्तै, फूजी स्याउ ३१०, केरा दर्जनको १५५, अनार ३९०, भुइँ कटहर प्रतिगोटा १९०, काँक्रो (लोकल) १२५, काँक्रो (हाइब्रीड) ४५, मेवा (नेपाली) ५५, मेवा भारतीय ९५, अम्बा ८५, किबी ३४०, एभोकाडो २२६ रुपैयाँ मूल्य कायम गरिएको छ ।

बिज्ञापन

रहु माछा ३४३, बचुवा माछा २४५, छडी माछा २५०, अदुवा १९०, भेडे खुर्सानी २९०, हरियो खुर्सानी १३५ रुपैयाँ कायम भएको समितिले जनाएको छ ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते