होमपेज > बाढीपहिरो पीडितलाई एनसेल फाउन्डेसनद्धारा राहत

बाढीपहिरो पीडितलाई एनसेल फाउन्डेसनद्धारा राहत

बिज्ञापन
बिज्ञापन

११ र १२ असोजको भारी वर्षाले निम्त्याएको बाढी र पहिरोबाट प्रभावित गोदावरी नगरपालिकाका करिब २०० परिवारलाई एनसेल फाउन्डेसनले राहत वितरण गरेको छ । फाउन्डेसनले सोमबार नगरपालिकाका पाँच वडाहरू (वडा नं. ४, ७, ८, १० र १३) मा क्षति पुगेका परिवारहरूलाई खाद्यान्न, भाँडाकुँडा, हाइजिन किट, बल्याङ्केट, म्याटजस्ता आवश्यक सामग्री प्रदान गरेको हो ।

बिज्ञापन

बिज्ञापन

“संकटको समयमा समुदायलाई सहयोग पुर्‍याउनु हाम्रो कर्तव्य हो । हामी सबै एउटै परिवारको रूपमा कनेक्टेड छौं,” एनसेलकी कर्पोरेट कम्युनिकेसन्स तथा सीएसआर हेड विशाखा लक्ष्मी खड्काले भनिन् । गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले विपद्‌को समयमा एनसेलले गरेको सहयोगलाई उच्च मूल्याङ्कन गर्दै भने, “बाढीपहिरोबाट पीडित परिवारहरूलाई ठूलो राहत मिलेको छ । अब पुनःस्थापनामा ध्यान दिनुपर्नेछ ।”

बिज्ञापन

राहत वितरणमा कर्मयोग फाउन्डेसन र गोदावरी नगरपालिकासँगको सहकार्यमा एनसेलका कर्मचारीहरू प्रत्यक्ष रूपमा संलग्न थिए । खड्काले राहत वितरणका साथै विपद् प्रतिकार्यमा पनि अन्य उपायहरू खोज्न काम गरिरहेको बताइन् ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते