सिरुबारीबाट पोखरातर्फ जाँदै गरेको बलेरो जीपको ब्रेक फेल हुँदा चालकसहित आठ जना घाइते भएका छन् ।
बिज्ञापन
स्याङ्जाको आँधीखोला गाउँपालिका–२ बेझाङस्थित भित्री सडकमा जीप दुर्घटना हुँदा आज बिहान करबव १० बजे सडकको कुना साइडको नालीमा पल्टिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी डीएसपी हरिप्रसाद पौडेलले जानकारी दिए ।
बिज्ञापन
ग. १ ज. ५७५६ नम्बरको बलेरो जीपमा सवार चालकसहित आठ जना थिए । तीमध्ये सात घाइतेलाई उपचारका लागि सेतिदोभान स्वास्थ्य चौकीमा लगिएको थियो । स्वास्थ्य चौकीले थप उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा रिफर गरेका डीएसपी पौडेलले जानकारी दिए । प्रहरीका अनुसार घाइते हुनेमा आँधीखोला गापा–५ का ५० वर्षीय आत्मराम सिग्देल, ८४ वर्षीया कलावती घमिरे, ३२ वर्षीया सिर्जना चापागाईं छन् ।
यस्तै, पोखरा–१७ छोरेपाटन बस्ने १६ वर्षीया अमना नेपाली, स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–५ आरुचौर बस्ने ५८ वर्षीया शान्तिकुमारी सापकोटा, ६१ वर्षीय शिव सिग्देल र पोखरा–११ बस्ने मनिषा नेपाली सकुशल र उनको ३ वर्षीया छोरी सोफिया नेपाली रहेका छन् । उनीहरूको हातखुट्टा र टाउकोमा चोट लागे पनि अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
बिज्ञापन








