होमपेज > आरविवि मर्चेन्ट बैंकिङको १० औँ वार्षिकोत्सव सम्पन्न

आरविवि मर्चेन्ट बैंकिङको १० औँ वार्षिकोत्सव सम्पन्न

बिज्ञापन
बिज्ञापन

आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडले १०औँ वार्षिकोत्सव मनाएको छ। सञ्चालक समितिका अध्यक्ष सरस्वती अधिकारीको सभापतित्वमा वार्षिकोत्सव मनाइएको हो।

बिज्ञापन

उक्त अवसरमा प्रमुख अतिथि नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक नवराज अधिकारी, विशेष अतिथि राष्ट्रिय वाणिज्य बैंक लि.का प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल, सिडिएस एण्ड क्लियरिङ लि.का प्रमुख कार्यकारी अधिकृत प्रविन पन्दाक लगायतको उपस्थिति रहेको थियो। कम्पनीको ९ वर्षमा भएका कार्य प्रगतिमा संस्थाको आर्थिक वर्ष २०७३/७४ मा ०.३५ रुपैयाँ ईपीएस रहेकोमा २०८०/८१ मा १९.०७ रुपैयाँ प्रति सेयर ईपीएस कायम भएको छ।

बिज्ञापन

साथै, आ.व २०७३/७४ मा १००.७५ रुपैयाँ नेट वर्थ रहेको मा आ.व २०८०/८१ मा १२८.०५ रहेको छ। कुल आयमा आर्थिक वर्ष २०७३/७४ देखि आ.व २०८०/८१ मा आइपुग्दा २०१ प्रतिशतले वृद्धि भएको र खुद मुनाफामा ६६० प्रतिशतले वृद्धि गरी आ.व.२०८०/८१ मा १८ प्रतिशत नगद लाभांशसमेत गरी कुल ५३.६६ प्रतिशत नगद लाभांश राष्ट्रिय वाणिज्य बैंकलाई दिएको छ। यसरी समग्र रूपमा आर्थिक प्रगतिका सूचकांकहरूलाई हेर्दा कम्पनीको मुनाफामा उल्लेख्य वृद्धि भएको छ।

सो, अवसरमा राष्ट्रिय वाणिज्य बैंक लि. का शाखा कार्यालयहरूमध्ये उत्कृष्ट हितग्राही खाता खोल्ने १० वटा शाखा कार्यालयहरू, बानेश्वर, कीर्तिपुर, इटहरी, चरिकोट, ललितपुर, नक्साल, सल्लेरी, सुर्खेत, हेटौडा, बालाजु शाखाहरूका शाखा प्रमुखहरूलाई सम्मान गरियो। साथै, संस्थाका २ जना उत्कृष्ट कर्मचारीहरूलाई सम्मान पत्रका साथै नगद पुरस्कारद्वारा सम्मान गरिएको थियो।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते