होमपेज > नेकपा एमालेका वडा सदस्यले गरे विद्युत् प्राधिकरणका कर्मचारीमाथि दुर्व्यवहार

नेकपा एमालेका वडा सदस्यले गरे विद्युत् प्राधिकरणका कर्मचारीमाथि दुर्व्यवहार

बिज्ञापन
बिज्ञापन

सर्लाहीको हरिवन नगरपालिका–३ का नेकपा एमालेबाट निर्वाचित वडा सदस्य परीक्षण महतोले नेपाल विद्युत् प्राधिकरणका एक कर्मचारीमाथि गालीगलौज गर्दै दुर्व्यवहार गरेका छन्।

बिज्ञापन

विद्युत् महसुल नतिरेको कारण लाइन काटेपछि उनले सम्बन्धित कर्मचारीलाई “मेरो लाइन किन काटिस्? तिमीलाई काटेर फालिदिन्छु!” भन्ने धम्कीपूर्ण शब्द प्रयोग गरेका छन्, जसको भिडियोसमेत सार्वजनिक भएको छ।

बिज्ञापन

घटना फागुन ६ गते, मंगलवार राति करिब ९ बजे, हरिवन–४ स्थित धारटोलमा भएको हो। प्राप्त जानकारीअनुसार, वडा सदस्य महतोले लामो समयदेखि विद्युत् महसुल तिरेका थिएनन्। नेपाल विद्युत् प्राधिकरण लालबन्दी वितरण शाखाका कर्मचारीहरूले प्रक्रिया अनुसार महतोको घरको विद्युत् लाइन काटेका थिए। सोही घटनाको रिसमा उनले हरिवन – २ निवासी तथा विद्युत् प्राधिकरणका कर्मचारी अशोक कुमार कुशवाहामाथि दुर्व्यवहार गरेका हुन्।

घटनाका बेला कुशवाहा हरिवन – ३ धारटोल निवासी रामबृक्ष महतोको घरमा भोज खाइरहेका थिए। त्यही क्रममा वडा सदस्य महतो पुगेका थिए र आक्रोशित हुँदै अपशब्द प्रयोग गर्दै उनीमाथि धम्की दिएका थिए। एक निर्वाचित जनप्रतिनिधिद्वारा सरकारी कर्मचारीमाथि यस प्रकारको अभद्र व्यवहार हुनु गम्भीर विषय हो। स्थानीय प्रशासन तथा सरोकारवाला निकायहरूले घटनाबारे आवश्यक छानबिन गरी कानुनी कारबाही अघि बढाउने स्थानीयले अपेक्षा गरेका छन्।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते