होमपेज > अत्यधिक वर्षा हुने सम्भावना रहेकोले २ दिन रात्रिकालीन बस नचलाउन निर्देशन

अत्यधिक वर्षा हुने सम्भावना रहेकोले २ दिन रात्रिकालीन बस नचलाउन निर्देशन

बिज्ञापन
बिज्ञापन

आगामी दुई दिन अत्यधिक वर्षा हुन सक्ने हिमाली तथा पहाडी जिल्लामा रात्रिबस नचलाउन मनसुन पूर्व तयारी तथा प्रतिकार्य कमान्ड पोस्टले निर्देशन दिएको छ।

बिज्ञापन

जल तथा मौसम विज्ञान विभागले असोज १० देखि १३ गतेसम्म देशभर वर्षा हुने र केही जिल्लामा अत्यधिक वर्षाको सम्भावना रहेको आकलन गरेको छ। जसले गर्दा केही जिल्लामा उच्च जोखिम रहेको विभागले जनाएको छ।

बिज्ञापन

विभागले उच्च जोखिमको अनुमान गरेका हिमाली र पहाडी जिल्लामा सतर्कता अपनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण अन्तर्गतको मनसुन पूर्व तयारी तथा प्रतिकार्य कमान्ड पोस्टले आग्रह गरेको हो। कमान्ड पोस्टको बिहीबार बसेको बैठकले हिमाली र पहाडी जिल्लामा असोज ११ र १२ गते रात्रिबस नचलाउने निर्णय भएको प्रवक्ता डिजन भट्टराईले जनाएका छन्।

त्यस्तै, धान नकाट्न, काटिसकेको धान तत्काल थन्क्याउन र तराई तथा मधेश क्षेत्रमा सकेसम्म भुइँतलामा अन्नपात नराख्न आग्रह गरिएको छ। यस्तै, पहिरोको जोखिम भएका स्थान र नदी किनारका बस्तीमा उच्च सतर्कता अपनाउन, दाउरा निकाल्न तथा माछा मार्नका लागि नदी किनारमा नजान पनि अनुरोध गरिएको छ।

बिज्ञापन

यससँगै खोज तथा उद्धारका लागि तीन वटै सुरक्षा निकाय र स्वयंसेवकलाई पनि तयारी अवस्थामा राख्न भनिएको छ। यो अवधिभर अत्यन्त जरूरी अवस्थामा बाहेक यात्रा नगर्न पनि आग्रह गरिएको छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते