होमपेज > अनार खानुका फाइदै फाइदा

अनार खानुका फाइदै फाइदा

बिज्ञापन
बिज्ञापन

अनार एउटा यस्तो फल हो, जसका धेरै गुणहरू छन् । अनारमा धेरै प्रकारका एन्टिअक्सिडेन्टहरू पाइन्छ जसले धेरै प्रकारका दीर्घकालीन रोगहरूबाट टाढा रहन मद्दत गर्छ भन्ने धेरै अनुसन्धानहरूमा प्रमाणित भएको छ।

बिज्ञापन

हेल्थलाइन प्रतिवेदनमा भएको अनुसन्धानका अनुसार अनारले मुटुको स्वास्थ्य, पिसाबको स्वास्थ्य, मधुमेह, मोटोपना जस्ता दीर्घकालीन रोगहरूलाई निको पार्छ। अनारको नियमित सेवनले क्यान्सरको जोखिम पनि कम गर्ने अनुसन्धानले देखाएको छ ।

बिज्ञापन

अनारमा धेरै प्रकारका भिटामिन, फाइबर, हेल्दी फ्याट, प्रोटिन, म्याग्नेसियम, पोटासियम, फस्फोरस, एन्टिअक्सिडेन्ट र पोलिफेनोल पाइन्छ जसले मस्तिष्कमा सुरक्षात्मक प्रभाव बढाउँछ। यी यौगिकहरूले अक्सिडेटिभ तनाव कम गर्दछ, जसको कारण मस्तिष्क स्वस्थ र शान्त रहन्छ।

-यस्ता छन् अनार खानुका फाइदाहरू:

बिज्ञापन

१-इन्फ्लेमेसनबाट मुक्ति

पबमेड सेन्ट्रल जर्नलको रिपोर्ट अनुसार, अनारको सबैभन्दा महत्त्वपूर्ण गुण यो हो कि यसले कोशिकाहरूबाट इन्फ्लेमेसनलाई हटाउँछ। जब शरीरका कोशिकाहरू इन्फ्लेमेसन हुन थाल्छन्, यसले फ्री रेडिकलहरू उत्पादन गर्छ र अक्सिडेटिभ तनाव निम्त्याउँछ। यसले मधुमेह, मोटोपना, मुटुरोग आदि जस्ता धेरै दीर्घकालीन रोगहरू निम्त्याउँछ। अनारले यो इन्फ्लेमेसन कम गरेर पुरानो रोगहरूको जोखिम कम गर्छ।

२-क्यान्सर प्रतिरोधी गुण

अनुसन्धानका अनुसार अनारमा एलाजिटान्स र प्युनिकलगिन नामक यौगिकहरू पाइन्छ जसमा क्यान्सर प्रतिरोधी गुण हुन्छ। यो कम्पाउन्डले कलेजोको क्यान्सरको प्रारम्भिक चरणमा ट्युमरको निर्माणलाई रोक्छ। अध्ययनका अनुसार, यसले क्यान्सर कोशिकाहरूको वृद्धिलाई रोक्छ, विशेष गरी स्तन क्यान्सर र प्रोस्टेट क्यान्सरको अवस्थामा।

३-हृदयको लागि लाभदायक

अनारमा पाइने पोलिफेनोलले मुटुको मांसपेशीहरूमा इन्फ्लेमेसन कम गरेर अक्सिडेटिभ तनाव हटाउन मद्दत गर्दछ। यो कम्पाउन्ड मुटुको स्वास्थ्यलाई बढवा दिन लाभदायक साबित हुन्छ। अध्ययनले यो पनि प्रमाणित गरेको छ कि मुटु रोगबाट पीडित व्यक्तिले अनारको जुस खाँदा छाती दुख्ने समस्याबाट राहत मिल्छ । अनारले कोलेस्ट्रोलको स्तर पनि घटाउँछ र समग्र मुटुको स्वास्थ्यलाई बलियो बनाउँछ र मुटुसँग सम्बन्धित रोगहरूबाट बचाउँछ।

४-पिसाब सम्बन्धी समस्याबाट छुटकारा

यदि पिसाब सम्बन्धी समस्या छ भने त्यसमा अनार धेरै प्रभावकारी साबित हुन्छ। अनारले मिर्गौलामा पत्थरी बन्न दिँदैन। यसबाहेक अनारमा पाइने तत्त्वले रगतमा अक्सालेट, क्याल्सियम र फस्फेटको मात्रालाई नियन्त्रण गर्छ। यी सबैले पिसाबमा समस्या निम्त्याउँछ।

५-एनिमियामा फाइजनक

जुन व्यक्तिमा रगतको कमी, पीलिया, एनिमियाजस्ता बिरामी हुन्छन्, उनीहरुले अनार खादा राम्रो हुन्छ । अनारमा आइरन पाइन्छ, जो रगतको कमीलाई हटाउँछ ।

६-गर्भवतीका लागि लाभदायी

गर्भवती महिलाका लागि अनारको सेवन एकदमै लाभकारी हुन्छ । यसले रगतको मात्रा बढाउनुका साथै शरीरमा पानीको मात्रा पनि कमी हुन दिदैंन । अनारमा पाइने मिनरल्स, भिटामिन, फ्लोरिक एसिड गर्भवती महिलाको गर्भमा रहेका बच्चाका लागि फाइदाजनक हुन्छ ।

७-पुरुषका लागि फाइदा

जुन व्यक्तिमा शारिरीक कमजोरी, थकान आदिको समस्या हुन्छ, उनीहरुलाई अनार खानु बढी फाइदाजनक हुन्छ । यसबाट पुरुषत्व बढाउन सहायता मिल्छ । दैनिक एक दाना अनार खानु पुरुषका लागि फाइदाजनक छ ।

८-नयाँ कोषिका निर्माण

अनार छालाको माथिल्लो भागलाई सुरक्षित गर्नुका साथै कोषिका निर्माणमा पनि महत्वपूर्ण भूमिका निभाउँछ । यसले अनुहारमा निखार ल्याउन भूमिका खेल्छ ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते