होमपेज > खाने तेलको मूल्यमा वृद्धि

खाने तेलको मूल्यमा वृद्धि

बिज्ञापन
बिज्ञापन

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारले कच्चा र प्रशोधित तेलमा भन्सार महसुल बढाएको छ । सूर्यमुखी तेल, पाम तेल र भटमासको तेलमा यो वृद्धि भएको हो । सरकारी सूचना अनुसार कच्चा तेलमा भन्सार महसुल शून्यबाट बढाएर २० प्रतिशत पुर्‍याएको छ भने प्रशोधित तेलमा ३२.५ प्रतिशत भन्सार महसुल बढाइएको छ ।

बिज्ञापन

पीटीआईका अनुसार, वित्त मन्त्रालयले जारी गरेको सूचनामा सरकारले कच्चा र रिफाइन्ड सूर्यमुखी तेल, पाम तेल र सोयाबिन तेलको आधारभूत भन्सार महसुल बढाउने घोषणा गरेको छ। यसलाई बढाएर २० प्रतिशत र ३२.५ प्रतिशत पुर्‍याएको छ । भन्सार महसुलमा परिवर्तन गरेपछि भदौ २९ गतेदेखि नयाँ दर लागू भएको हो । कच्चा तेलमा आधारभूत भन्सार महसुल ०–२० प्रतिशत रहेको छ भने रिफाइन्ड तेलमा १२.५–३२.५ प्रतिशत रहेको छ । आधारभूत भन्सार महसुल बढेपछि अब कच्चा तेल र प्रशोधित तेलमा लाग्ने प्रभावकारी भन्सार क्रमशः ५.५ प्रतिशतबाट बढेर २७.५ प्रतिशत र १३.७५ प्रतिशतबाट ३५.७५ प्रतिशत पुग्नेछ ।

बिज्ञापन

मोदी सरकारले प्याजको न्यूनतम निर्यात मूल्य हटाएको छ। यसबाहेक प्याजमा निर्यात शुल्क ४० प्रतिशतबाट २० प्रतिशतमा झारिएको छ । सरकारको यो कदमको प्रभाव विगत केही दिनदेखि लगातार बढिरहेको प्याजको मूल्यमा पनि देखिएको छ । यस सम्बन्धमा डीजीएफटीले एक सूचना जारी गर्दै अर्को आदेश नभएसम्म प्याज निर्यातमा लगाइएको एमईपी हटाउने निर्णय गरेको छ । जसमा पहिलो निर्णयमा प्याजको न्यूनतम निर्यात मूल्य (एमईपी) हटाएर ४० प्रतिशतबाट २० प्रतिशतमा झार्ने र यसबाट प्याज निर्यातमा वृद्धि हुनुका साथै प्याज उत्पादक किसानको आम्दानीमा वृद्धि हुनेछ । त्यस्तै, बासमती धान उत्पादन गर्ने किसानले निर्यात गरेर बढी नाफा कमाउन सक्ने गरी चामलको एमईपी खारेज गर्ने निर्णय पनि भएको छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते