एनआईसी एशिया बैंकले ब्याजदर घटाएको छ । बैंकले भदौ १ गतेदेखि लागू हुने गरी ब्याजदर घटाएको हो ।
बिज्ञापन
बैंकका अनुसार ग्राहकले मुद्दती निक्षेपमा संस्थागततर्फ ६.४१ प्रतिशत र व्यक्तिगततर्फ ७.४१ प्रतिशतसम्म ब्याज प्राप्त गर्नेछन् । यसअघि साउनमा बैंकले संस्थागततर्फ ६.५३ प्रतिशत र व्यक्तिगततर्फ ७.५३ प्रतिशत ब्याजदर तोकेको थियो । त्यस्तै, बैंकले भदौमा साधारण बचत खातामा न्यूनतम ३.४१ प्रतिशतदेखि अधिकतम ५.४१ प्रतिशतसम्म ब्याजदर तोकेको छ । बैंकको आधारदर भने ९.२४ प्रतिशत छ ।








