सानिमा बैंक र सीजी मोबाइलबीच छुट उपलब्ध गराउने सम्झौता भएको छ ।
बिज्ञापन
सम्झौताअनुसार ग्राहकले बैंकको मोबाइल बैंकिङ प्रयोग गरी सीजीमा सामान खरिद भुक्तानी गर्दा छुट पाउनेछन् । ग्राहकले सीजीका नथिङ र सीएमएफ ब्रान्डस्का मोबाइल फोनको खरिदमा ७.४ प्रतिशत र इयरबडमा ९ प्रतिशत छुट पाउने बैंकले जनाएको छ ।
बिज्ञापन
सम्झौतापछि बैंकको क्रेडिट कार्ड प्रयोगकर्ताले मासिक किस्ताबन्दी (ईएमआई) सुविधा पाउन सक्नेछन् ।








