होमपेज > बुबाको मुख हेर्ने दिन: महोत्तरीको अन्धाअन्धीमा भक्तजनको घुँइचो

बुबाको मुख हेर्ने दिन: महोत्तरीको अन्धाअन्धीमा भक्तजनको घुँइचो

बिज्ञापन
बिज्ञापन

आज बिहानैदेखि महोत्तरीको लोहारपट्टी नगरपालिकाको बगडागाउँ स्थित अन्धाअन्धी स्थानमा भक्तजनको घुइँचो लागेको छ। कुशे औँसी अर्थात् बुबाको मुख हेर्ने दिनमा सो स्थानमा भक्तजनको घुइँचो लाग्ने गर्दछ।

बिज्ञापन

स्थानीयवासी वीरेन्द्र यादवका अनुसार अन्धाअन्धी स्थानको सम्बन्ध रामायणकालीन समयसँग रहेको छ। उनले भने “यही सम्बन्धका कारण कुशे औँसीका दिन यहाँ भक्तजन आउने गर्दछन्।” उहाँले श्रवणकुमारका मातापिताले यसै स्थानमा राजा दशरथको शब्दभेदी वाण लागेर आफ्नो छोरा श्रवणकुमारको मृत्यु भएको सुनेपछि आफ्नो प्राण त्याग गरेको जनश्रुती रहेको बताए।

बिज्ञापन

पछिल्लो समय यस स्थानको संरक्षण संवर्द्धनका लागि पहल हुन नसक्दा यो पौराणिक स्थान ओझेलमा पर्दै गएको स्थानीय बताउँछन्। स्थानीयवासीले धार्मिक एवं ऐतिहासिक अन्धाअन्धी स्थानको संरक्षण, संवर्द्धन गरी पर्यटकीयस्थलका रुपमा विकास गर्न स्थानीय सरकार, प्रदेश सरकार तथा सङ्घ सरकारसँग माग गरेका छन्।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते