होमपेज > एशियनले ल्यायो कोदोको बिस्कुट, बिस्कुट खानुका यस्ता छन् फाइदा

एशियनले ल्यायो कोदोको बिस्कुट, बिस्कुट खानुका यस्ता छन् फाइदा

बिज्ञापन
बिज्ञापन

विराटनगरको एसियन बिस्कुट इन्डस्ट्रिजले कोदोको पिठोबाट बिस्कुटको उत्पादन र बजारीकरण गर्न थालेको छ। नेपालमा कर्पोरेट लेभलबाट पहिलो पटक एसियन बिस्कुटले कोदोको बिस्कुटको उत्पादन र बजारीकरण गर्न सुरु गरेको हो।

बिज्ञापन

केही समययता पश्चिम नेपालमा घरेलु र लघु उ‌द्योगका स्तरमा स्थानीय उत्पादनका रूपमा यस्तो बिस्कुटको उत्पादन भइरहेको छ। तर एसियनले एकै चोटि देशभरि नै बजारीकरण र निर्यात समेत गर्ने उ‌द्देश्यले अटोमेटिक मेसिनबाट ठूलो परिमाणमा कोदोको बिस्कुटको उत्पादन हुन थालेको कम्पनीले जनाएको हो । नेपालका कच्चा पदार्थको प्रवर्धन र मानव स्वास्थ्यलाई दृष्टिगत गर्दै कोदोको पिठोबाट बिस्कुटको उत्पादन सुरु गरेको कम्पनीले बताएको छ।

बिज्ञापन

उ‌द्योगका संचालक आशिष जाजूले यस बिस्कुटको मुख्य कच्चा पदार्थ नेपालकै पहाडी क्षेत्रको उत्पादन कोदो भएको बताए। बिस्कुटलाई सुगन्धित बनाउन पूर्वी नेपाल इलामको अर्को उत्पादन अलैंचीको धुलो पनि मिसाइएको छ। साथै, फाइबरयुक्त बनाउन ओट्स मिसाइएको छ भने सुगन्ध र स्वादमा व‌द्धि गर्न दालचिनीको धुलो पनि हालिएको उनले बताए । कोदो र दालचिनी मधुमेहको नियन्त्रणका लागि लाभकारी मानिन्छन् । संचालक जाजूले कोदोको बिस्कुट मधुमेहका बिरामीले सन्तुलित रूपमा प्रयोग गर्नसक्ने र यसले इम्युनिटी वृ‌द्धि गर्ने र पाचन प्रणालीमा पनि सुधार गर्ने दाबी गरे।

उद्योगले ५० ग्रामको बिस्कुटको खुद्रा बिक्री मूल्य २५ रुपैयाँ राखेको छ। जाजूले यसलाई भारत निर्यातका लागि काम सुरु भइसकेको बताए। नेपालमा बिक्री गरिने बिस्कुटमा कोदो लेखिएको छ तर भारतमा कोदो लेखेर त्यहाँका अधिकांशले बुझ्दैनन्,”उनले भने, ‘त्यसैले त्यहाँ मिलेट र रागी लेखिएको छु‌ट्टै पाकेट बनाएर निर्यात गरिनेछ।’’ उनले भारतीय बजारमा कोदोको बिस्कुटको नमु‌ना पठाइसकिएको र त्यहाँबाट छिटो पठाइदिन अर्डर आएको जानकारी दिए।

बिज्ञापन

निर्यातका लागि कानुनी र प्राविधिक प्रक्रिया पूरा गर्ने कार्य भइरहेको बताइएको जाजूको भनाइ थियो, ‘हामी यसलाई अन्तर्राष्ट्रिय बजारमा कस्तो प्याकेजिङमा निर्यात गर्ने भन्ने गृहकार्य गरिरहेका छौं। भारतमा दसैंतिहार अगाडि नै निर्यात गरिसक्ने योजना छ।’ उनले एसियनले विभिन्न ३० प्रकारका बिस्कुटको उत्पादन र निर्यात गर्दै आएको जानकारी दिए। जसमा स्विट बिस्कुट, स्विट एन्ड साल्टी, साल्टेड, सुगर फ्री, पोटेटो बिस्कुट, कुकिज, डाइजेस्टिभ लगायतका बिस्कुट छन् । एसियनले मुख्यतया भारत र त्यसपछि अमेरिका, अस्ट्रेलिया र खाडी राष्ट्रमा बिस्कुटको निर्यात गरिरहेको उनको भनाइ छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते