होमपेज > बसको ब्रेक फेल हुँदा ६ वटा गाडी ठोक्किए , चार जना घाइते

बसको ब्रेक फेल हुँदा ६ वटा गाडी ठोक्किए , चार जना घाइते

बिज्ञापन
बिज्ञापन

पृथ्वी राजमार्गमा पर्ने तनहुँको बन्दीपुर गाउँपालिका–१ रिमाल्नीमा बुधबार दिउँसो ३ बजे ६ वटा सवारी साधन ठक्कर खाँदा चार जना घाइते भएका छन् ।

बिज्ञापन

दमौलीबाट डुम्रे जाँदै गरेको ना ५ ख २०३४ नं. को बसको ब्रेक फेल हुँदा सात वटा सवारी साधन ठक्कर खान पुगेको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डिएसपी) दीपककुमार रायले जानकारी दिनुभयो । रायका अनुसार बसले सोही दिशा जाँदै गरेको ग ३ ख १३९० नं. को ट्रकलाई ठक्कर दिई बस अनियन्त्रित हुँदा सोही दिशामा जादै गरेको ग ३ च ८३९० न.को बलेरोलाई ठक्कर दिएको थियो ।

बिज्ञापन

उक्त बलेरो गाडीले सोही दिशामा जादै गरेको ग १ ख ९५६१ नं. को बसलाई ठक्कर दिएको थियो । उक्त बसले ना १ च ८४३४ न.को बलेरो र उक्त बलेरोले ना २ ख ३७८९ नं. को हाइसलाई ठक्कर दिएको थियो ।

दुर्घटनामा घाइते हुनेहरुमा ग ३ च ८३९० नं. को बलेरो चालक मकवानपुर जिल्लाको थाहा नगरपालिका–७ बस्ने वर्ष २४ को नवराज गोले, वलेरोमै सवारहुनेहरु बाग्लुङको काठेखोला गाउँपालिका–५ बस्ने वर्ष ५९ को देवीलाल कँडेल र सोही ठाउँमा बस्नेहरु वर्ष ४९ की बिमला कडेल र नं. १ च ८४३४ नं. को बलेरोको सहचालक रौतहटको गुजुरा नगरपालिका–५ बस्ने वर्ष ४६ को निरतारिख बाबु घाईते हुनु भएको छ ।

बिज्ञापन

सबै घाइतेहरुको लक्ष्मी अस्पताल डुम्रे तनहुँमा उपचार भईरहेको छ । उक्त घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते