तनहुँको आबुखैरेनी स्थित मर्स्याङ्दी नदीमा बस खसेको छ । आँबुखैरेनी गाउँपालिका वडा नम्बर–२ स्थित ऐना पहराबाट मर्स्याङ्दी बस खसेको तनहुँका एसपी वीरेन्द्र शाहीले बताए ।
बिज्ञापन
इलाका प्रहरी कार्यालय आबुखैरेनीका इन्स्पेक्टर घटनास्थलमा पुगेका छन् । एसपी शाहीले भने, ‘म घटनास्थलमा जाँदै छु, सेना र सशस्त्रलाई खबर गरिएको छ ।’ पोखराबाट काठमाडौँ जाँदै गरेको युपी ५३ एफटी ७६२३ नम्बरको बस दुर्घटनामा परेको तनहुँका डीएसपी दीपककुमार रायले बताए । बसमा ४० जना जति यात्रु रहेको उनको भनाई छ । विस्तृत विवरण भने आएको छैन ।








