होमपेज > राष्ट्रिय सभामा झक्कुप्रसादको झटारो: कांग्रेस र एमाले मिलेर ०८४ को चुनाव लडेर देश कब्जा गर्नुस् !

राष्ट्रिय सभामा झक्कुप्रसादको झटारो: कांग्रेस र एमाले मिलेर ०८४ को चुनाव लडेर देश कब्जा गर्नुस् !

बिज्ञापन
बिज्ञापन

नेकपा माअ‍ोवादीका सांसद झक्कुप्रसाद सुवेदीले नेकपा एमाले र नेपाली कांग्रेस मिलेर देशमा लोकत्नत्र मास्न खोजेको टिप्पणी गरेका छन् । बिहीबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै सुवेदीले सन्सारमै नभएको प्रमुख प्रतिस्पर्धी दलहरु मिलेन सरकार बनाएको भन्दै दुवै दल मिलेर ०८४ को चुनाव लड्न सुझाव दिएका छन् ।

बिज्ञापन

उनले प्रतिनिधि सभाका १६५ मध्ये सबै क्षेत्रमा बराबर भाग लिएर दुई दललाई चुनाव लड्न सुझावदिँदै देश कब्जा गर्न चुनौती दिए । ‘नेपालमा अहिले करिब दुईतिहाइको सरकार छ । पहिलो पार्टी र दोस्रो ठूलो पार्टी सरकारमा छन् । दोस्रो पार्टीले सरकारको नेतृत्व गरिरहेको छ । तर, यो सरकारले के भन्छ भने विगतका सरकार अस्थिर भए, स्थिरताका लागि यो सरकार बनाएका हौँ, पहिलो र दोस्रो पार्टी मिलेर भनेको छ । म आग्रह गर्न चाहन्छु– किन पहिलो र दोस्रो पार्टी मिलेर सरकार बनाउनुहुन्छ, तपाईंहरू अर्को २०८४ को चुनावमा पनि दुईवटा पार्टी मिलेर जानुस् । त्यसपछि बराबर सिट बाँड्नुस् । एउटा सिट बाँकी रहन्छ, एमालेले मान्छ भने कांग्रेस एक नम्बर भएकाले कांग्रेसले उठाओस् । मान्दैन भने गाई र त्रिशूल गर्नुस् । सबै देश कब्जा गर्नुस् । तपाईंहरूलाई थाहा छ नि, श्रीलंकाका राजपाक्षेले पनि देश त्यसै गरेर कब्जा गरेका थिए । उनको हालत आज के भइरहेको छ । शेख हसिनाको बारेमा सबै जानकार नै हुनुहुन्छ’ उनले भने।

बिज्ञापन

सांसद सुवेदीले जनताबाट निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था हुने गरी संविधान संशोधन गर्न सुझाव दिए । उनले समानुपातिक निर्वाचन प्रणाली हटाउने र घटाउने नभई पूर्ण समानुपातिकमा जान आग्रह गरे । महिला संसदमा ५० प्रतिशत हुनुपर्ने र समाजअनुसारको संसदको बनावट हुनुपर्ने उनको भनाइ छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते