होमपेज > धानबालीमा रोगको समस्या देखियो

धानबालीमा रोगको समस्या देखियो

बिज्ञापन
बिज्ञापन

पूर्वी चितवनको रत्ननगर, खैरहनी एवं भरतपुर महानगरपालिकामा लगाइएको धानखेतीमा समस्या देखिएको हो ।

बिज्ञापन

कृषि कार्यालय चितवनका अधिकृत स्वस्तिका चौहानका अनुसार रत्ननगर र खैरहनीमा लगाइएको धानमा खाद्यतत्व (जिङ्क)को कमी देखिएको छ । यसका कारण गाँज होचो हुने, बोट मर्ने र रोपेको ठाउँ बाँझो हुने समस्या देखिएको उहाँले जानकारी दिनुभयो । यसलाई रोक्नका लागि सेरामिन जिङ्क भन्ने खाद्यतत्व प्रयोग गर्न उहाँले कृषकलाई सुझाव दिनुभयो । यो स्प्रे गर्दा प्रतिलिटर पानीमा एक ग्राम प्रयोग गरेर गर्न सकिने अधिकृत चौहानले बताउनुभयो ।

बिज्ञापन

उहाँका अनुसार सो क्षेत्रको धानमा एमोनियम सल्फेक्टको प्रयोग बढी भएको देखिएको छ । पूर्वी चितवनमा गरिएको अवलोकनका क्रममा तीन प्रतिशत धानमा फल्फर टक्सीसिटी देखा परेको उहाँले बताउनुभयो । यस समस्या वर्षात्सँगै समाधान हुँदै जाने उहाँले बताउनुभयो । धानबालीमा भन्दा पनि अन्य बालिमा यसको प्रयोग गरेको र सो को असर अहिले देखिएको अधिकृत चौहानले बताउनुभयो । उहाँले भन्नुभयो, “एमोनियम सल्फेक्टको प्रयोग कम गर्ने गर्दा आत्तिनुपर्ने अवस्था छैन ।”

भरतपुर महानगरपालिका क्षेत्रमा लगाइएको धानमा पोटासको खाद्यतत्वको कमी र गवारो देखिएको छ । उहाँका अनुसार कार्यालयमा दैनिक चारदेखि पाँच वटासम्म समस्या आउने गरेको र ती सबै पोटासको कमी र गवारोको समस्या रहेका छन् । उहाँले भन्नुभयो, “पोटासको कमीका कारण जरा राम्रोसँग विकास नहुने, पात डढ्नेलगायतका समस्या देखापर्ने गरेको छ ।” धान रोपेको एक महिनामा नै समस्या देखिन थालेपछि उत्पादनमा कमी आउने आकलन कार्यालयले गरेको छ । अहिले समस्या देखिएका उन्नत जातका बीउ (हाइब्रिड) लगाइएको स्थानमा भएको चौहानले जानकारी दिनुभयो ।

बिज्ञापन

जिल्लामा खेतीयोग्य जमिन ४६ हजार ४९४ हेक्टर क्षेत्रफल रहेको र २४ हजार २४७ हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको छ । यसमध्ये अहिले शतप्रतिशत रोपाइँ सकिएको उहाँले जानकारी दिनुभयो ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते