होमपेज > मुख्यमन्त्री शाहको पक्षमा मतदान गर्न कांग्रेस र एमालेको ह्विप: एकीकृत समाजवादी विपक्षमा

मुख्यमन्त्री शाहको पक्षमा मतदान गर्न कांग्रेस र एमालेको ह्विप: एकीकृत समाजवादी विपक्षमा

बिज्ञापन
बिज्ञापन

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिन गइरहेका छन् । मुख्यमन्त्री शाहको पक्षमा मतदान गर्न कांग्रेस र एमालेले ह्विप जारी गरेका छन् भने एकीकृत समाजवादीले विपक्षमा मतदान गर्न ह्विप जारी गरेको हो ।

बिज्ञापन

नेपाली कांग्रेसका प्रमुख सचेतक विक्रमसिंह धामी र एमालेका प्रमुख सचेतक चक्रबहादुर मल्लले मुख्यमन्त्री कमलबहादुर शाहको पक्षमा मतदान गर्न भन्दै ह्विप जारी गरेका हुन् । तर हालै सत्ताबाट बहिर्गमन भएको एकीकृत समाजवादीले विपक्षमा मतदान गर्न ह्विप जारी गरेको हो ।

बिज्ञापन

पूर्व आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीले सरकारको विपक्षमा मत नहाल्ने जानकारी दिए । सुदूरपश्चिममा समाजवादीका चार जना प्रदेशसभा सदस्य छन् । साउन २० गते मुख्यमन्त्रीमा नियुक्त शाहलाई कांग्रेसका १८ र एमालेका ७ जना प्रदेशसभा सदस्यसँगै नागरिक उन्मुक्ति पार्टीले पनि विश्वासको मत दिने भएको छ । यहाँ नागरिक उन्मुक्ति पार्टीका ७ जना प्रदेशसभा सदस्य छन् । बहुमतको सरकारको लागि यहाँ २७ सिट सङ्ख्या चाहिन्छ । यहाँ कांग्रेस र एमालेको मात्रै २९ पुग्ने भएको छ ।

समाजवादीसँग नेकपा माओवादी केन्द्र पनि विपक्षमा मतदान गर्ने भएको हो । माओवादी संसदीय दलका उपनेता अक्कल रावलले विपक्षमा मतदान गर्ने बताए । माओवादीका यहाँ सभामुखसहित ११ जना प्रदेशसभा सदस्य छन् ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते