होमपेज > संविधान संशोधनीय दस्ताबज हो, यसलाई प्रतिगमन सोच्नै मिल्दैन: प्रधानमन्त्री ओली

संविधान संशोधनीय दस्ताबज हो, यसलाई प्रतिगमन सोच्नै मिल्दैन: प्रधानमन्त्री ओली

बिज्ञापन
बिज्ञापन

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको मूल मर्मविपरीत संशोधन हुन नसक्ने बताएका छन् । आज (बुधबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधनगर्दै उनले संविधान संशोधनीय दस्तावेज रहेको र त्यसलाई समायानुकूल बनाउनुपर्ने बताए । दलहरुलाई जे चाहिएको छ, त्यही गर्ने नभएर देश र जनतालाई चाहिएको, जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउने गरी संविधान संशोधन गरिने उनको भनाइ छ ।

बिज्ञापन

उनले प्रतिगमन हुने भयो भन्ने चिन्ता पनि सुनिएको बताउँदै आफू प्रतिगमनको लागि तयार नरहेको बताए । ‘संविधान संशोधनीय दस्तावेज हो । संविधान समयानुकूल बनाउने सन्दर्भमा जुन कामले बढी उपयोगी बनाउन सकिन्छ, धारा उपधाराहरु केही फेरबदल गर्न नसकिने होईन । संविधान संशोधन गर्नुको अर्थ हामीलाई जे चाहिएको छ, त्यही गर्ने होईन । जनता र देशलाई चाहिएको संशोधन गर्ने हो । जनताको जीवनमा कसरी अझ बढी सकारात्मक परिवर्तन ल्याउन सकिन्छ ? त्यसका लागि हो । त्यस विपरीतको संविधान संशोधन कसरी हुनसक्छ ? हामी तयार छौं र त्यसका लागि ? म त तयार छैन,’– उनले भने ।

बिज्ञापन

आफूहरुले जनप्रतिनिधि भएर शपथ गरेको स्मरण गराउँदै उनले हस्ताक्षर र लिखतको बन्धनलाई सानो सम्झिन नहुने बताए उनले ‘लोकतान्त्रिक प्रणाली मासेर जाने कहाँ ?’ भन्दै प्रश्नसमेत गरे । तानाशाहीमाथि विश्वास नभएर नै आफुहरुले राणा शासनको विरुद्धमा लडेको उनले बताए । संविधानको आधारभूत मूल्य मान्यता र संघीय लोकतान्त्रिक गणतन्त्र मास्नेगरी कुनै पनि संशोधन नहुने उनले विश्वास व्यक्त गरे । विकासमा बाधा भएको र जनतालाई सेवा सुविधा दिनका लागि बाधा भएको ठाउँमा सहमतिका साथ छलफल गरेर संविधान संशोधन गरिने उनले बताए । संविधानलाई स्वीकार्यता र अस्वीकार्यताको रेखामा विभाजन गर्ने आफ्नो मनसाय नरहेको उनले सुनाए ।

संविधान संशोधनका क्रममा नेपालको आफ्नै अनुभव, अन्य देशका अभ्यासलगायतका पक्षलाई पनि ध्यान दिइने उनले बताए । प्रधानमन्त्री प्रचण्डले सबै मिलेर संविधान बनाएको स्मरण गराउँदै मिलेर र नै संशोधन गरिने बताए । साथै, समाजमा अहिले सामाजिक मूल्य मान्यताकै बर्खिलाप हुने गतिविधि चलिरहेको भन्दै उनले त्यसलाई रोक्न आवश्यक रहेको बताए । उनले प्रतिनिधि सभाका सदस्यहरुलाई समाजको गाइड गर्नुपर्ने सुझाव दिए ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते