होमपेज > अन्तर्राष्ट्रिय सुरक्षा मापदण्ड ‘आइसा सर्टिफिकेट’: यती एअरलाइन्सलाई

अन्तर्राष्ट्रिय सुरक्षा मापदण्ड ‘आइसा सर्टिफिकेट’: यती एअरलाइन्सलाई

बिज्ञापन
बिज्ञापन

यती एअरलाइन्सले आइटा (अन्तर्राष्ट्रिय हवाई यातायात संघ)ले प्रदान गर्ने आइसा (आइटा स्टयान्डर्ड सेफ्टि एसेसमेन्ट)को प्रमाणपत्र प्राप्त गरेको छ ।

बिज्ञापन

उड्डयनको क्षेत्रमा आइसाको यो प्रमाण–पत्र उत्कृष्ट हवाई सुरक्षा कायम गर्ने एअरलाइन्सलाई मात्र प्रदान गरिन्छ भन्दै यती एयरलाइन्सका सीईओ (प्रमुख कार्यकारी अधिकृत) सुभाष सापकोटाले भने, ‘आइसाको प्रमाण–पत्र प्राप्त गर्न पाउँदा हामी धेरै नै गौरवान्वित छौं । हवाई सुरक्षा र परिचालन प्रक्रियाको गुणस्तर बढाउने हाम्रो प्रयासमा यो एउटा महत्वपूर्ण उपलब्धी हो ।’ उनले यस उपलब्धीले यतीको सम्पूर्ण टोलीको कडा परिश्रम र समर्पणलाई प्रतिबिम्बित गरेको भन्दै यात्रुहरूलाई सुरक्षित र भरपर्दो हवाई यात्रा अनुभव प्रदान गर्ने कम्पनीको प्रतिबद्धतालाई थप पुष्टि गरेको बताएका छन् ।

बिज्ञापन

सापकोटा थप्छन्, ‘आइसा कार्यक्रमले प्रमाण–पत्र प्रदान गर्नुपूर्व एअरलाइन्स अपरेटरको सुरक्षा व्यवस्थापन प्रणालीको सूक्ष्म ढंगले मूल्याङ्कन गर्ने गर्दछ । विभिन्न चरणमा मूल्याङ्कन गरी विश्वव्यापी मापदण्डका प्रत्येक आवश्यकता कार्यान्वयन गरेकोले यती एअरलाइन्सलाई आइसा अपरेटरको मान्यता दिइएको हो ।’ यात्रुहरूलाई सुरक्षित, भरपर्दो र गुणस्तरीय हवाई सेवा प्रदान गर्ने यती एअरलाइन्सको नयाँ मिसन भएको उनले बताएका छन् ।

व्यापार विस्तारका क्रममा हवाई सुरक्षालाई उच्च प्राथमिकतामा राखी यात्रुहरुको सन्तुष्टि कायम गर्न प्रतिबद्ध रहेको यती एअरलाइन्सले जनाएको छ । त्यसैले, पछिल्लो समय एअरलाइन्सले विश्वव्यापी उड्डयन सुरक्षा मापदण्डहरू पूरा गरी अत्याधुनिक प्रविधि, प्रशिक्षण कार्यक्रमहरू र सुरक्षा व्यवस्थापन प्रणालीहरूमा व्यापक लगानी गरेको छ । आइटाद्वारा प्रदान गरिएको आइसको प्रमाण–पत्र यती एअरलाइन्सको अन्तर्राष्ट्रिय स्तरको सुरक्षा मापदण्ड, प्रभावकारी व्यवस्थापन प्रणाली र कार्य सम्पादनमा निरन्तर सुधार भएको प्रमाण रहेको कम्पनीको दावी छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते