होमपेज > नेको इन्स्योरेन्सको खुद नाफा २.७ प्रतिशतले घट्यो

नेको इन्स्योरेन्सको खुद नाफा २.७ प्रतिशतले घट्यो

बिज्ञापन
बिज्ञापन

नेको इन्स्योरेन्सले गत आर्थिक वर्षको अपरिस्कृत चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा २.७ प्रतिशत घटेको छ ।

बिज्ञापन

कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७९/८० मा कुल ७० करोड ५० लाख रुपैयाँ नाफा कमाएकोमा गत आर्थिक वर्षमा ६८ करोड ५७ लाख रुपैयाँ छ । नाफा घट्दा कम्पनीको प्रतिसेयर आम्दानी पनि सामान्य घटेको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो आम्दानी ३५ रुपैयाँ रहेकोमा गत आर्थिक वर्षमा ३४ रुपैयाँ छ ।

बिज्ञापन

कम्पनीको नाफा घट्नुको मुख्य कारण खुद प्रिमियम आम्दानी घट्नु मुख्य कारण देखिन्छ । कम्पनीको खुद प्रिमियम आम्दानी अघिल्लो आर्थिक वर्षमा १ अर्ब ७९ करोड रहेकोमा गत आर्थिक वर्षमा यस्तो आम्दानी १ अर्ब ६६ करोड रुपैयाँ छ । कुल आम्दानी ३.९ प्रतिशत घटेर गत आर्थिक वर्ष २ अर्ब ५२ करोड छ । २ अर्ब १ करोड चुक्ता पूँजी रहेको कम्पनीको विशेष कोषमा २ अर्ब ९ करोड रुपैयाँ छ भने महाविपत्ति कोषमा १४ करोड ५५ लाख रुपैयाँ छ । सञ्चित नाफा ५६ करोड ७८ लाख छ ।कम्पनीको प्रतिसेयर नेटवर्थ २७२ रुपैयाँ ८१ पैसा छ । मंगलबार बजार बन्द हुँदा यस कम्पनीको मूल्य प्रतिकित्ता ९९९ रुपैयाँ ९० पैसा छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते