काठमाडौं महानगरपालिकाले अनामनगरस्थित रहेको किम्ची फास्टफुडलाई दुई लाख रुपैयाँ जरिवाना तिराएको छ । सिल गरेको प्रशोधित पिउने पानीको बोतलमा अखाद्य वस्तु भेटिएपछि महानगरले आइतबार जरिवाना गराएको हो ।
बिज्ञापन
किम्चीको कार्यक्रम हलमा महानगरले दुई दिने ‘विवाद व्यवस्थापनः वडा कार्यालयको भूमिका अभिमुखीकरण’ कार्यक्रम आयोजना गरेको थियो ।कार्यत्रममको क्रममा महानगर ११ की वडासदस्य यशोमती परियारले सिल प्याक रहेको बोतलको पानी पिउनलाई गिलासमा खन्याउँदा किरा भेटिएको थियो ।
बिज्ञापन
कार्यक्रममा उपस्थित भएकी महानगरकी उपप्रमुख सुनिता डंगोलले तत्काल कार्यक्रम स्थगित गरी दूषित पानी बिक्री गर्नेलाई कारबाही गर्न निर्देशन दिएकी थिइन् ।








