होमपेज > पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागमा रचनात्मक पत्रकारीताबारे अन्तरक्रिया

पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागमा रचनात्मक पत्रकारीताबारे अन्तरक्रिया

बिज्ञापन
बिज्ञापन

विश्व विद्यालय शिक्षा रचनामत्मक भए मात्रै नेपाली पत्रकारिता रचनात्मक हुने आमसञ्चार विज्ञहरुले बताएका छन्। अप्टिमिस्ट इन्टरनेशनल नेपालले सहकार्यमा त्रिभूवन विश्वविद्यालय पत्रकारिता तथा आम सञ्चार केन्द्रीय विभागले शनिवार काठमाडौंमा आयोजना गरेको रचनात्मक पत्रकारीता विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अधिकाश प्रध्यापक तथा आमसञ्चार विज्ञहरुले यस्तो बताएका हुन । नेपाली पत्रकारितामा पछिल्लो समय रचनात्मक पत्रकारिता हराउँदै गएको भन्दै विश्वविद्यालयमा पत्रकारिता शिक्षालाई रचनात्मक बनाउनु पर्नेमा उनीहरुले जोड दिएका छन् । विज्ञहरुले पछिल्लो समय नेपाली पत्रकारीता मूल्य र मान्यता भन्दा बाहिर गएको भन्दै पत्रकारितालाई परिमार्जन गर्ने समय भएको बताए ।

बिज्ञापन

बिज्ञापन

कार्यक्रममा शिक्षक मासिकका सम्पादक वरिष्ठ पत्रकार राजेन्द्र दाहाल वरिष्ठ पत्रकार डा. रघु मैनाली, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्षहरू विष्णु निष्ठूरी, शिव गाउँले र डा. महेन्द्र विष्ट, वरिष्ठ पत्रकार कपिल काफ्ले, गोरखापत्र संस्थानका महाप्रबन्धक लालबहादुर ऐरी, नेपाल विज्ञापन बोर्डका कार्यकारी अध्यक्ष लक्ष्मण हुमागाई, पत्रकारिताका उपप्राध्यापकहरू डा. जगत नेपाल, डा। श्रीराम पौडेल, लेखनाथ पाण्डे, शिक्षक रामजी दाहाल, प्रेस काउन्सिलका कार्यकारी प्रमुख झविन्द्र भूषाल, खोज पत्रकार बाबुराम विश्वकर्मा, पत्रकार नवराज चालिसे, एमफिल प्रथम सेमेस्टरका सुजाता बस्नेत तथा स्नातकोत्तर तह तेस्रो सेमेष्टरका महेश पाण्डेयले नेपाली पत्रकारिताका विविध पाटामा आफ्नो धारणा राखेका थिए ।

बिज्ञापन

कार्यक्रममा बोल्दै प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष राजेन्द्र दाहालले नेपाली पत्रकारिता क्षेत्रले परिवर्तन खोजिरहेको बताए । उनले नेपाली पत्रकारितामा रचनात्मकता हराउँदै मिडियामा लगानीकर्ताहरुको प्रभाव हावी भएकाले बताए । पूर्वअध्यक्ष दाहालले १९९०को दशकपछि विकास पत्रकारिताको कुरा सुरुवात हुँदै क्रमशः बिट पत्रकारिताको विकास भएको बताए । उनले बिटगत पत्रकारितामा विकास पत्रकाारिता,वातावरण पत्रकारिता, ग्रामिण पत्रकारिता,शान्ति पत्रकारिता, समाधानमुखी पत्रकारिता हुँदै अहिलेको अवस्थामा आएको नेपाली पत्रकारितामा परिवर्तन आवश्यक रहेको बताए । उनले पत्रकारिता क्षेत्रले देशको परिस्थिति,आवश्यकताका आधारमा रचनात्मक पत्रकारिताको अभाव रहेको धारणा राखे । पूर्वअध्यक्ष दाहालले नेपालमा अहिलेको वर्तमान परिस्थितिमा कस्तो पत्रकारिता आवश्यक भएको एकिन गर्न जरुरी देखिएको उल्लेख गरे । पत्रकार दाहालले पछिल्लो समय पत्रकारहरुको दृष्टिकोण हराउँदै गएको भन्दै पत्रकारले आफ्नो दृष्टिकोण,पेशा र दायित्वलाई आत्मसाथ गरी क्षमता विकास गर्न आवश्यक रहेको बताए । उनले विश्व विद्यालयमा दिने शिक्षालाई रचनात्मक बनाउँदै लैजान जरुरी देखिएको धारणा राखे ।

सामुदायिक रेडियो प्रसारक संघका संस्थापक अध्यक्ष डा.रघु मैनालीले पनि पछिल्लो समय नेपाली पत्रकारितामा हराउँदै गएको रचनात्मक पत्रकारिता प्रति चिन्ता व्यक्त गरे । उनले पत्रकारिताले समाजमा आशा र भोक जगाउने हुनु पर्ने भए पनि पछिल्लो समय निरासा जगाउने काम भइरहेको उल्ल्लेख गरे । डा.मैनालीले अहिले नेपालमा केही हुँदैन भन्ने आम धारणा बनेको भन्दै पत्रकारिताको माध्यमबाट मुलुकमा केही गर्न सकिन्छ भन्ने धारणा बनाउन सक्नु पर्ने धारणा राखे । उनले पत्रकारले समाजमा निरासा र उदासिनताबाट शून्यतामा पुर्‍याउने भन्दा पनि समाचार र लेखको माध्यमबाट देश र समाजलाई प्रगतिशिल र क्रियाशिल बनाउन सक्नु पर्ने बताए । उनले पत्रकारितालाई रचनात्मक बनाउँदै पत्रकारले समाजमा आशा र स्नेह जाउने बनाउनु अहिलेको आवश्यकता भएको बताए ।

त्यस्तै अन्तरक्रिया कार्यक्रममा बोल्दै त्रिभूवन विश्वविद्यालय पत्रकारिता तथा आम संचार विभागका प्रमुख प्राध्यापक डा.कुन्दन अर्यालले रचनात्मक पत्रकारिताले भोलीको भविष्य केन्द्रित बनाउन जरुरी रहेको बताए । उनले हवाई दुर्घटनाका समाचार अपडेट गराउने भन्दा पनि आगामी दिनमा हवाई दुर्घटना न्युनिकरणका उपायहरु दिनसक्ने रचनात्मक पत्रकारिताको आवश्यकता खड्कीएको बताए । उनले विश्व विद्यालयले विद्यार्थीलाई दिने शिक्षामा पत्रकारिता र पत्रकारितामा शिक्षा अहिलेको आवश्यकता भएको बताए । उनले पत्रकारिता शिक्षा अध्ययन पश्चात विद्यार्थीहरुले पत्रकारिता गर्न सक्ने,विकास पत्रकारितामा विज्ञता र जनसम्पर्कमा काम गर्न सक्ने हुन जरुरी रहेको बताए । उनले रचनात्मक पत्रकारिताको लागि विश्व विद्यालयले दिने शिक्षामा पनि रचनात्मकता आवश्यक रहेको धारणा राखे । प्रमुख अर्यालले पत्रकारिता शिक्षालाई समाचार कक्ष र कक्षा कोठासँग जोड्न सके मात्रै रचनात्मक पत्रकारिता हुन सक्ने बताए । उनले विभागले पत्रकारिता शिक्षालाई समाचार कक्ष र कक्षा कोठासँग जोड्ने प्रयास आवश्यक रहेको बताए । कार्यक्रमा बोल्दै पत्रकार शिव गाउँलेले समयले सिर्जना गरेका प्रश्नलाई समाजको सार्वजनिक रेकर्डमा राख्ने सक्ने रचनात्मक पत्रकारिता आवश्यक रहेको बताए । उनले विश्व विद्यालय पत्रकारिता शिक्षालाई रचनात्मक बनाउन सके मात्रै समयले सिर्जना गरेका प्रश्नलाई समाजको सार्वजनिक रेकर्डमा राख्ने सक्ने दाबी गरे । पत्रकार गाउँलले पत्रकारिता शिक्षा समाचार कक्ष र कक्षा कोठासँग जोड्नु अपरिहार्य भएको बताए ।

त्यस्तै पत्रकार विष्णु निष्ठूरीले पत्रकारिता धरातलीय यथार्थबाट प्रभावित हुने बताउँदै नेपालको पत्रकारिता मौसम परिवर्तनबाट प्रभावित रहेको दावी गरे । पार्टी पत्रकारिताका कारण विभाजित र दिगभ्रमित पत्रकारिता भईरहेको, आग्रहबाट माथि उठेर काम गर्न नसकेको उनको तर्क छ । उनले रचनात्मक पत्रकारिता भन्दा पनि लगानीकर्ता र मार्केटिङको कब्जामा रहेको बताए । उनले राजनीतिक विचारधारमा पत्रकार आवद्धताले रचनात्मक र सिर्जनशिल पत्रकारिताको अभाव हँदै गएको बताए । उनले अहिलेको पत्रकारितालाई परिमार्जन गर्न सके रचनात्मक पत्रकारिता मर्दै जाने अवस्था रहेको बताए । उनले विश्व विद्यालयले दिने पत्रकारिता शिक्षामा पनि आफ्नो विचार दृष्टिकोण दिन सक्ने पत्रकार बनाउन सक्नु पर्ने बताए । उनले अब नेपालको पत्रकारितामा सुधार ल्याउने अवसर आएको भन्दै सबै मिलेर सुधार गर्न जरुरी रहेको बताए ।

त्यस्तै कार्यक्रममा बोल्दै विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईले पत्रकारिता देश,समाज र जनताको लागि गर्नु आवश्यक रहेको बताए । उनले नेपालमा पछिल्ल्लो समय देश,समाज र जनताको लागि भन्दा पनि लोकप्रियता,पैसा र भ्युजको लागि पत्रकारिता हुने गरेको धारणा राखे । उनले मिडियाले दिने कन्टेन देश र जनताको लागि आशा जगाउने र प्रभाव पार्न सक्ने हुनु पर्ने बताए । अध्यक्ष हुमागाईले पत्रकारिता ज्ञान दिने भन्दा पनि भाइरल समाचारको दिने काम भइरहेको बताए । उनले समाचार माध्यमको समाचार कक्षलाई पत्रकारिता शिक्षासँग जोड्न नसक्दा रचनात्मक पत्रकारिताको अभाव खड्केको भन्दै समाचार कक्ष र पत्रकारिता शिक्षा कक्ष कोठासँग जोड्न जरुरी रहेको बताए ।

त्यस्तै,अन्तरक्रिया कार्यक्रममा बोल्दै गोरखापत्रका महाप्रबन्ध लाल वहादुर गैरेले नेपाली मिडियाले रचनात्मक र आशा जगाउने भन्दा पनि निराशाजन्य समाचारहरु दिइरहेको बताए । उनले मिडियाहरुले दिएका कन्टेनबाट आम नागरिकमा निरासा छाउने मात्रै कन्टेन दिइएको भन्दै अब परिमार्जन गर्न सक्नु पर्ने बताए । उनले मिडियाले समाचार कक्षलाई रचनात्मक पत्रकारिता बनाउँदै समाचार कक्षलाई परिमार्जन गर्न जरुरी रहेको बताए । गैरेले ठूलो मिडियाहरुले दिएका सामाचारकोन नागरिकहरुले विश्वास नगर्ने तर युुटुव तथा सामाजिक सञ्जाल मार्फत आएका सामाचारलाई विश्वास गर्ने वातावरण सिर्जना भएको बताए । उनले रचनात्मक पत्रकारिता गर्नको लागि मिडिया कन्टेनहरु स्तरिय बनाउन जरुरी रहेको धारणा राखे । त्यस्तै,प्रध्यापक डा।जगत नेपालको १२५ वर्षे पुरानो पत्रकारिताको कार्यशैलीलाई अब परिमार्जन गर्नु जरुरी रहेको बताए । उनले रचनात्मक पत्रकारिताको लागि सञ्चारमाध्यमहरुमा पत्रकारिताको ज्ञानको अभाव खड्केको बताए । उनले विगतका रचनात्मक पत्रकारिताको अभिलेख कतै नभएकाले पनि रचनात्मक पत्रकारिता हराउँदै गएको बताए । उनले रचनात्मक पत्रकारिताका लागि सम्पादकहरु एकता नहुँदा १२ भाई भन्दा हलचल हुनु पर्ने अवस्था सिर्जना भएको बताए । पत्रकार लेखानाथ पाण्डेले नेपाली सञ्चार माध्यममा रचनात्मक पत्रकारिताको कन्टेनका लागि लगानी शून्य भएको बताए । उनले लगानी शून्य भएकाले पनि रचनात्मक पत्रकारिता हराउँदै गएको बताए । उनले रचनात्मक पत्रकारिता हराउँदै गएको विषयमा सबैले आत्मसमिक्षा गर्न जरुरी रहेको बताए ।

कार्यक्रममा बोल्दै अप्टिमिस्ट इन्टरनेशनल नेपालका कन्ट्रिडिस्टिक प्रकाश घिमिरेले नेपालमा रचनात्मक पत्रकारिता हराउँदै गएकाले अप्टिमिस्ट इन्टरनेशनल नेपालले सुधारको लागि काम गरिरहेको बताए। उनले अहिलेको पत्रकारितालाई सुधार गरी सकारात्मक रुपमा लैजाने अभियानमा आफूहरु रहेको बताए । घिमिरेले रचनात्मक पत्रकारिताको अनुसन्धानमा छात्रबृत्तिको व्यवस्था गर्ने समेत घोषणा गरे। सो संस्थाका लेफ्टिनेन्ट गभर्नर ऋषिश्वर थपलिया र डिस्ट्रिक सेक्रेटरी प्रतापबहादुर थापाले रचनात्मक पत्रकारिताको आावश्यकताबारे चर्चा गरेका थिए । उनले पत्रकारिता सुधारको लागि अप्टिमिस्ट इन्टरनेशनल नेपाल आगामी दिनमा पनि विभागसँग सहकार्य गर्न तयार रहेको बताए ।

अप्टिमिष्ट इन्टरनेशनल लेफ्टिनेन्ट गभर्नर ऋषेश्वर थपलियाले नेपालमा पनि नैराश्यता बढ्दै गएपछि रचनात्मक पत्रकारिता आवश्यक देखेर अभियान सञ्चालन गरिएको बताए । सन् २०१७ मा पहिलोपटक अप्टिमिस्टिक क्लब नेपालमा स्थापना भएकोमा हाल ६२ वटा क्लब बनेको र नेपालले एशियाको नेतृत्व गर्ने जिम्मेवारी पाउन लागेको बताए । कार्यक्रमलाई सम्बोधन गर्दै विभागीय प्रमुख डा। कुन्दन अर्यालले नयाँ भवनको हलमा पहिलो पटक कार्यक्रम आयोजना गरी पत्रकारिताका अध्येता, अध्यापक, नेतृत्व तथा अभ्यासकर्ताहरूलाई सँगै जुटाएर छलफल गर्न पाएकोमा खुशी व्यक्त गरे । उनले विभागले आउँदा दिनमा यस्ता रचनात्मक कार्यक्रमहरू गर्दै जाने र नयाँ विषयवस्तुलाई पाठ्यक्रममा समेट्दै जाने घोषणा गरे । कार्यक्रमको सहजीकरण विभागका उपप्राध्यापक डा। घमराज लुइँटेलले गरेका थिए। कार्यक्रममा आमसञ्चार क्षेत्रका विज्ञ,शिक्षक,प्रध्यापक तथा एमफिल र मास्टर तेस्रो सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरु र अप्टिमिस्ट इन्टरनेशनलका प्रतिनिधिको सहभागिता रहेको थियो ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते