बौद्धको धागो कारखानामा लागेको आगो सुरक्षाकर्मीहरुले नियन्त्रणमा लिएका छन् । दमकल र ट्यांकरसहित आगलागी नियन्त्रणमा लिन डीएसपीको नेतृत्वमा ५० जना प्रहरी र २५ जना सैनिक खटिएका थिए ।
बिज्ञापन
ओखलढुंगाको लिखु गाउँपालिका–४ घर भएका बुद्धि बहादुर कार्कीले संचालन गरेको उल कार्डिङ प्रालिमा आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले बताए ।
बिज्ञापन
आगो करिब नियन्त्रणमा आएको प्रहरी वृत्त बौद्धका डीएसपी राजु पाण्डेले जानकारी दिए ।








