भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका पूर्वसहसचिव चुडामणि शर्मा जेल चलान भएका छन् । बुधबार आफैं अदालतमा उपस्थित भइ उनी जेल चलान भएका हुन् । उनलाई ६ अर्ब जरिवाना भएको थियो । सो जरिवाना तिर्न नसकेपछि उनी जेलमै बसेर सर्वोच्चमा मुद्दा लड्न लागेका हुन् ।
बिज्ञापन
विशेष अदालतले ५ असार २०८० मा कर फर्स्यौटमा शर्मासहित कर फर्स्यौट आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकाललाई दोषी ठहर गर्दै जनही ६ अर्ब जरिवाना र ९ वर्षका दरले कैद सजाय फैसला गरेको थियो। महत र ढकाल पनि कारागारमै बसेर मुद्दा लडिरहेका छन् ।
बिज्ञापन
नियमविपरीत विभिन्न कम्पनीलाई कर छुट गरेर राज्यलाई अरबौं नोक्सान पुर्याएको अदालतको ठहर छ । यो निर्णय नेताहरुको मिलेमतोमा भएकोमा तीन जना मात्रले सजाय पाएका छन्।








