होमपेज > नेपाली बजारमा स्काइवेलको नयाँ विद्युतीय गाडी, मूल्य कति?

नेपाली बजारमा स्काइवेलको नयाँ विद्युतीय गाडी, मूल्य कति?

बिज्ञापन
बिज्ञापन

नेपाली बजारमा स्काइवेलको नयाँ विद्युतीय गाडी आउने भएको छ । स्काइवेल एसयूभी बी ११

बिज्ञापन

नेपालका लागि स्काइवेलको आधिकारिक विक्रेता जी मोटर्स प्रालिले सो गाडी ल्याउने भएको हो । जी मोटर्सका अनुसार ‘एसयूभी बी ११’ मा ५२० किलोमिटर र ४१० किलोमिटर रेन्ज भएको ईभी ल्याउन लागेको हो । ११ भदौदेखि हुने नाडा अटो शोमा ती गाडीहरु प्रदर्शनमा आउनेछन् ।

बिज्ञापन

ती गाडीहरूमा ५२० किलोमिटर रेन्ज भएको ७१.९८ किलोवाट आवर र ४१० का लागि ५१.९२ किलोवाट आवरको ब्याट्री अप्सन रहेको छ ।

 

बिज्ञापन

कति पर्छ मूल्य ?

स्काइवेल ईभीको नयाँ भर्सनको दुवै गाडीको मूल्य पनि जी मोटर्सले सार्वजनिक गरेको छ । मोटर्सका अनुसार स्काइवेल ५१.९२ किलोवाट आवर ब्याट्री अप्सन भएको ईभीको मूल्य ७९ लाख ९० हजार रुपैयाँ र ७१.९८ किलोवाट आवर ब्याट्रीको मूल्य ८९ लाख ९० हजार रुपैयाँ रहेको छ । दुवै प्रकारका गाडीमा १ सय ५० किलोवाट पिक पावर भएको विद्युतीय मोटर जडान भएको छ ।

जी मोटर्सका अनुसार अहिले पनि गाडीहरूको बुकिङ सुरु भइसकेको छ । एक पटक चार्ज गर्दा नेपालमा सबैभन्दा धेरै ६२० किलोमिटर रेन्ज दिने स्काइवेल २०२३ को नाडा अटो शोमा जी मोटर्सले ल्याएको थियो । उक्त रेन्जभन्दा कम र मूल्य पनि थोरै भएको स्काइवेलको नयाँ गाडी नेपालमा आउन लागेको हो । भक्तपुरसँगै जी मोटर्सले इटहरी सहित विभिन्न ८ स्थानबाट स्काइवेल बिक्री गर्दै आएको छ । चीनमा निर्माण भएको स्काइवेल युरोपम समेत रुचाइएको ईभीमा पर्ने गर्छ

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते