होमपेज > काभा नेसन्स कपः इरानसँग नेपाल पराजित

काभा नेसन्स कपः इरानसँग नेपाल पराजित

बिज्ञापन
बिज्ञापन

काभा वुमन्स नेसन्स भलिबल लिगमा इरानसँग नेपाल पराजित भएको छ । घरेलु टिम नेपाललाई ३–२ ले हराउँदै इरानले प्रतियोगितामा दोस्रो जित हात पारेको हो ।

बिज्ञापन

आइतबार दशरथ रंगशाला कभर्ड हलमा भएको खेलमा इरानले २५–१६, १६–२५, २५–२३, १५–२५ र १५–१३ ले नेपाललाई हराएको हो । नेपालको यो भने पहिलो हार हो । पहिलो, तेस्रो र पाँचौं सेट इरानले जित्यो । दोस्रो र चौथो सेट भने नेपालले जितेको हो । नेपालले पहिलो सेट २५–१६ मा सुम्पियो । नेपालले ४–० को अग्रतासहित सुरु गरेको दोस्रो सेट २५–१६ ले जित्यो । तेस्रो सेटमा पूरै उतारचढावको सेट रह्यो । नेपालले ६–२ को अग्रता लिँदा इरानले कमब्याक गर्दै ९–८ को स्थितिबाट नेपालले पुनः खेलमा फर्कदै ११–१० को स्थितिमा ल्यायो । उक्त सेट इरानले २५–२३ ले जित्यो । चौथो सेट नेपालले २५–१५ ले जित्यो । पाँचौं सेटमा १५–१३ ले इरानले जितेको हो ।

बिज्ञापन

यसअघि नेपालले श्रीलंकालाई ३–० को सेटमा र भारतलाई ३–२ को सेटमा पराजित गरेको थियो । पहिलो खेलमा भारतसँग ३–१ ले पराजित भएको इरानले दोस्रो खेलमा भने माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराएको थियो । लिग चरणका अन्तिम खेल सोमबार हुनेछ । काभा वुमन्स नेसन्स भलिबल लिगमा नेपाल, इरान, भारत, श्रीलंका र माल्दिभ्स सहभागी छन् । राउन्ड रोविन लिगपछि अंक तालिकाको पहिलो र चौथो तथा दोस्रो र तेस्रो बीच मंगलबार सेमिफाइनल हुनेछ । फाइनल र तेस्रो स्थानको खेल बुधबार हुने नेपाल भलिवल संघले जनाएको छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते