होमपेज > कारागारमा एक कैदीको मृत्यु

कारागारमा एक कैदीको मृत्यु

बिज्ञापन
बिज्ञापन

जुम्ला कारागारमा एक कैदीको मृत्यु भएको छ ।

बिज्ञापन

जबरजस्ती करणी मुद्दामा दुई वर्षदेखि कैद भुक्तान गरिरहेका मुगु जिल्लाका अन्दाजी ४२ वर्षका प्रदीपकुमार टमटाको आइतबार मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक छेदीलाल कामतीका अनुसार मुगुको खत्याड गाउँपालिका–३ का कैदी टमटाको एक्कासि मृत्यु भएको हो । उहाँका अनुसार २०७९ साउन २७ गतेबाट जबरजस्ती करणी मुद्दामा जेल भुक्तान गरिरहेका टमटालाई आइतबार बिहान ब्याडमिन्टन खेलेपछि लुडो समेत खेलेका र करिब साढे १० बजे एक्कासि अप्ठ्यारो भएपछि उपचारका लागि कर्णाली स्वास्थ्य शिक्षण अस्पतालमा लिइएको थियो ।

बिज्ञापन

प्रहरी नायव उपरीक्षक कामतीका अनुसार अस्तपालामा करिब साढे १२ बजे उनको निधन भएको जानकारी भएको थियो । प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले कैदी टमटाको हृदयाघातका कारण मृत्यु भएको हुन सक्ने चिकित्सकले बताएको जानकारी दिनुभयो । उहाँका अनुसार एक्कासि ढलेपछि उहाँलाई अस्पताल लगिएको थियो । घटनालगत्तै प्रमुख जिल्ला अधिकारी घिमिरे नेतृत्वको सुरक्षा समितिको टोली कारागार र अस्पताल पुगेको थियो । टोलीले घटनाको अध्ययन गरेर फर्किएको थियो ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते