होमपेज > संघीय संसदका दुवै सदनको बैठक बस्दै

संघीय संसदका दुवै सदनको बैठक बस्दै

बिज्ञापन
बिज्ञापन

संघीय संसदअन्तर्गत आज (मंगलबार) दुवै सदनको बैठक बस्दै छ । प्रतिनिधिसभाको बैठक ११ बजे र राष्ट्रियसभाको बैठक १ः१५ बजे बस्ने छ । प्रतिनिधिसभाको बैठकमा राष्ट्रपतिको कार्यालय तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्र सभामुखले पढेर सुनाउने कार्यसूची छ ।

बिज्ञापन

विनियोजन विधेयक, २०८१ को विभिन्न शीर्षकमाथि प्रारम्भ हुने छलफलअन्तर्गत युवा तथा खेलकुद, शिक्षा, विज्ञान तथा प्रविधि, श्रम, रोजगार तथा सामाजिक सुरक्षा र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको विभिन्न शीर्षकमाथि छलफल गर्नेलगायत सम्भावित कार्यसूची छ । राष्ट्रियसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय मानवअधिकार आयोगको २३ औं वार्षिक प्रतिवेदन, २०७९/०८०, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको पाँचौं वार्षिक प्रतिवेदन २०७९/०८० पेस गर्ने कार्यसूची छ । अर्थमन्त्री वर्षमान पुनले ‘विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० छलफलका लागि प्रस्ताव प्रस्तुत गर्ने तथा ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० पारितका लागि प्रस्ताव गर्ने सम्भावित कार्यसूची छ ।

बिज्ञापन

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ‘सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७’ माथि प्रतिनिधिसभाबाट भएको संशोधनमाथि छलफलका लागि प्रस्तुत गर्दै उक्त संशोधनलाई सहमतिका लागि प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

 

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते