चालु आर्थिक वर्ष ०८२/८३ को साउनमा स्मार्टफोन खरिद गर्न तीन अर्ब ४१ करोड ९२ लाख रुपैयाँ खर्च भएको छ ।
बिज्ञापन
भन्सार विभागका अनुसार, एक महिनामा तीन अर्ब ४१ करोड ९२ लाख रुपैयाँका एक लाख ९८ हजार ३३३ वटा स्मार्टफोन नेपाल भित्रिएका छन् । यी स्मार्टफोन आयातबाट ६३ करोड ७९ लाख ७४ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।
बिज्ञापन
गत वर्षको साउनको तुलनामा स्मार्टफोन आयत घटेको हो । गत वर्षको साउनमा तीन अर्ब ४६ करोड ६३ लाख ५८ हजार रुपैयाँका दुई लाख २५ हजार १६३ वटा स्मार्टफोन आयात भएको थियो ।
गत वर्षको साउनमा स्मार्ट फोन आयातबाट ६४ करोड ६२ लाख रुपैयाँ राजस्व संकल भएको विभागले जनाएको छ ।








