शेयर बजार लगातार पाँचौ दिन पनि घटेर बन्द भएको छ ।
बिज्ञापन
आज नेप्से ९.६२ अकंले घटेर २६१०.७६ बिन्दुुमा कायम भएको छ । आज ३१९ कम्पनीको १ करोड ८४ लाख ३७ हजार कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ६३ करोड ४१ लाख रुपैयाँको कारोबार भएको छ । यसदिन १० उपसूचक राताम्य भएका छन् भने तीन उपसूचकमा सुधार देखिएको छ । आज ८६ कम्पनीको सेयर मूल्य बढ्दा १५९ कम्पनीको घटेको हो ।
बिज्ञापन
आज सबैभन्दा धेरै राधि विद्युत कम्पनीको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ७६ करोड ५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी र ओम मेगा श्रीका लगानीकर्ताले कमाएका छन् । आज यी २ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै हिमालयन पावर पार्टनरका लगानीकर्ताले गुमाएका छन् । आज यसका लगानकिर्ताले ९.९९ प्रतिशतका दरले गुमाएका हुन् ।








