होमपेज > कैलाश–मानसरोवर यात्राका लागि सिम्रिक एयरले ल्यायाे आकर्षक प्याकेज

कैलाश–मानसरोवर यात्राका लागि सिम्रिक एयरले ल्यायाे आकर्षक प्याकेज

बिज्ञापन
बिज्ञापन

धार्मिक पर्यटनको प्रसिद्ध गन्तव्य ‘कैलाश–मानसरोवर यात्रा’का लागि सिम्रिक एयरले आकर्षक प्याकेज ल्याएको छ । आन्तरिक पर्यटक र पर्यटन व्यवसायलाई गतिशीलता दिन कम्पनीले सनराइज कैलाश ट्राभल प्रा।लि।सँगको साझेदारीमा अफसिजन ट्राभल प्याकेज ल्याएको हो ।

बिज्ञापन

कम्पनीले २ लाख ५० हजार रुपैयाँमै हवाई यात्रामार्फत कैलाश–मानसरोवर यात्रा गराउने जनाएको छ । नेपालगञ्ज–हुम्ला सिमीकोट–हिल्सा हुँदै थाक्लाकोट–मानसरोवर पुगेर कैलाश सर्किट घुमेर फर्किने रुटका लागि कम्पनीले ५ रातर६ दिनको प्याकेज बनाएको छ ।

बिज्ञापन

नेपालगञ्जलाई मुख्य यात्रा विन्दु बनाएको कम्पनीले पहिलो रात यात्रुहरूलाई नेपालगञ्जकै सुविधासम्पन्न स्टार होटलमा खानेबस्ने सुविधा राखेको छ भने भोलिपल्ट (दोस्रो दिन) नेपालगञ्जबाट प्लेनमा सिमीकोट जाने प्रबन्ध मिलाएको छ ।

यात्राको तेस्रो दिन सिम्रिक एयरको हेलिकप्टरमार्फत यात्रुहरूलाई हिल्सास्थित अध्यागमन विभागमा पुर्याइने कम्पनीका प्रबन्ध निर्देशक मुरारी जोशीले रातोपाटीसँग बताए ।

बिज्ञापन

‘हिल्सा पुग्ने बित्तिकै त्यहाँ क्रस–बोर्डर लागि आवश्यक अध्यागमन प्रक्रिया मिलाइनेछ । यसपछि थाक्लाकोटसम्मको करिब १ घण्टाको ९२७ किलोमिटर० यात्रा बसमा गराइनेछ,’ उनले भने ।

चौथो दिन बिहानै निस्किएर करिब डेढ घण्टा ९९५ किलोमिटर० को यात्रा पश्चात मानसरोबर ताल पुग्ने जोशीले बताए । ‘त्यहाँ पूजा, पाठ सकेर मानसरोबर परिक्रमा सुरु हुनेछ । कुल ९० किलोमिटर रहेको कैलाश–मानसरोबर सर्किट घुमेर सोही दिन प्रसिद्ध धार्मिक स्थल दार्चिन र यमदबारको भ्रमण हुनेछ । यात्राको महत्त्वपूर्ण यस दिनको बास बेलुका थाक्लाकोट फर्केर हुनेछ,’ जोशीले रातोपाटीसँग भने ।

कैलाश–मानसरोवर यात्राभर सुविधा सम्पन्न चिनियाँ पर्यटक बसको प्रयोग गरिने बताएका जोशीले सोही बसले यात्रुहरूलाई भोलिपल्ट (यात्राको ५औँ दिन) हिल्सा ल्याएर छाड्नेछ ।

हिल्साबाट सिम्रिक एयरले पुनः यात्रुहरूलाई सिमीकोट झार्नेछ । त्यसदिन सिमीकोटमै राखेर छैटौँ दिन प्लेनमार्फत यात्रुहरूलाई नेपालगञ्ज ल्याइने प्रबन्ध निर्देशक जोशीले बताए । नेपालगञ्जबाट भने यात्रुहरूले आफूखुसी यात्रा गर्न सक्नेछन् ।

यात्राको प्रारम्भविन्दु ‘नेपालगञ्ज’ नै किन ?

खासगरी सिम्रिक एयरले अफसिजनको पर्यटन व्यवसायलाई क्यास गर्नेगरी नेपाली धार्मिक पर्यटकहरूलाई नै केन्द्रमा राखेर कैलाश–मानसरोवर यात्राको प्याकेज बनाएको हो । चीनले भारतीय पर्यटकलाई प्रवेश निषेध गरे पनि मानसरोवर जान चाहने नेपाली पर्यटकका लागि आफूहरूले यस्तो प्याकेज बनाएको कम्पनीका प्रबन्ध निर्देशक जोशी बताउँछन् ।

‘अघिल्लो वर्ष कति नेपालीहरू कैलाश–मानसरोवर गएका रहेछन् त भनेर तथ्याङ्क हेर्दा तीन हजार प्लस गएका देखियो । यो राम्रो सङ्ख्या हो । यसमा केही सहज र सुविधामुलक प्याकेज दिन सकियो भने यस्तो सङ्ख्या थप बढ्न सक्छ भन्ने हामीलाई लाग्यो र प्याकेज बनायौँ,’ जोशीले भने ।

नेपालगञ्जलाई नै प्रारम्भ विन्दु बनाइनुको कारण खोल्दै उनले भने, ‘यता काठमाडौं–केरुङ्ग रुट निकै कठिन छ । यो रुटमा बसबाट मात्र यात्रा सम्भव भएको र त्यो पनि निकै कठिन र लगातार बसको यात्रा हुँदा दिक्दारपूर्ण हुने हुँदा हामीले सिमीकोट–हिल्सा रुटलाई रोजेका हौँ । यसो हुँदा प्लेन, हेलिकप्टर र बसको यात्रा हुँदा यात्रुहरूलाई बोरिङ्ग र थकान पनि हुँदैन ।’

पोखराबाट जाने, दाङ, तुलसीपुर, धनगढी लगायतका पश्चिम क्षेत्रबाट जाने यात्रीहरूलाई किन काठमाडौँ ल्याउने भनेर नेपालगञ्जलाई नै प्रस्थान विन्दु बनाएको उनले खुलासा गरे ।

नेपालगञ्जदेखि कैलाश–मानसरोवर–नेपालगञ्जको कुल प्याकेज २ लाख ५० हजार रुपैयाँको छ । तर, पूर्वी नेपाल, काठमाडौँ लगायतका क्षेत्रहरूबाट जाने यात्रीहरूले भने नेपालगञ्जसम्मको यात्राको प्रबन्ध आफैँले गर्नुपर्छ ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते