सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको बोनस शेयर आफ्ना शेयरधनीको हितग्राही (डिम्याट) खातामा जम्मा भएको छ । कम्पनीको वार्षिक साधारण सभाबाट पारित भएको बोनस शेयर आफ्ना शेयरधनीको हितग्राही ९डिम्याट० खातामा जम्मा भएको हो ।
बिज्ञापन
कम्पनीको गत माघ २४ गते सम्पन्न ७ औं वार्षिक साधारण सभाले पारित गरेको पाँच प्रतिशत बोनस शेयर पुस २८ गतेसम्म कायम शेयरधनीको डिम्याट खातामा जम्मा गरिएको जनाएको छ ।
बिज्ञापन
साथै, हालसम्म पनि शेयर अभौतिकीकरण नगराएका शेयरधनीलाई शेयर अभौतिकीकरण गरी बोनस शेयर प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।







