सर्वोत्तम सिमेन्टले शुक्रबार आइपीओ बाँडफाँट गर्ने भएको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार बिहीबार बाँडफाँट गर्ने भनिएपनि कम्पनीको अनुरोधमा १ दिन पर सारिएको हो । अब कम्पनीको आइपीओ बाँडफाँट आगामी शुक्रबार हुने छ ।
बिज्ञापन
यसको प्री–अलोटमेन्ट आइतबार फागुन २० गते सम्पन्न भएको छ । यसमा मागभन्दा १९.३२ गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ । १० लाख १२ हजार ३८४ जनाले कुल ५ करोड ३६ लाख ३३ हजार ९९० कित्ताका लागि आवेदन दिएका छन् । जसमा ५५ हजार ५२१ जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी साढे ९ लाख जनाको भने हात खाली हुनेछ ।
बिज्ञापन
सर्वोत्तमले पहिलो पटक बुक बिल्डिङमार्फत सर्वसाधारणलाई कुल २७ लाख ७६ हजार ७६ कित्ता आइपीओ निष्कासन तथा बिक्री खुला गरेको हो । कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी तथा सामूहिक लगानी कोषलाई सेयर बाँडफाँट गरी बाँकी रहेको सेयर सर्वसाधारणलाई बिक्री खुला गरेको हो । सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ विधिबाट निर्धारण भएको प्रतिकित्ता ३६०।९० रुपैयाँ भाउमा आइपीओ जारी गरेको हो ।








