होमपेज > अमेरिकी प्रविधिबाट उत्पादित ‘ट्रू–मी’ अब नेपाली बजारमा

अमेरिकी प्रविधिबाट उत्पादित ‘ट्रू–मी’ अब नेपाली बजारमा

बिज्ञापन
बिज्ञापन

अमेरिकी प्रविधिबाट उत्पादित ‘ट्रू–मी’ का व्यावसायिक उत्पादन नेपाली बजारमा बिक्री वितरण शुरु भएको छ । आज काठमाडौंमा आयोजित एक औपचारिक कार्यक्रममा अभिनेत्री स्वस्तिमा खड्का र कम्पनीका अध्यक्ष सुशान्त मुरारकाले ‘ट्रू मी’ का विभिन्न उत्पादनहरूको औपचारिक सार्वजनिक गरेका हुन् ।

बिज्ञापन

आजबाटै देशभरि बिक्रीवितरण प्रारम्भ भएको जानकारी नेपालका लागि कारोबारको आधिकारिता पाएको कम्पनीले जनाएको छ । नेपालमा ट्रू–मीका विभिन्न उत्पादनहरू बिक्री गर्दै आएको कम्पनीले आजबाट औपचारिक रुपमा ट्रू–मीका उत्पादनसमेत बिक्रीवितिरण शुरु गरेको कम्पनीका अध्यक्ष सुशान्त मुरारकाले जानकारी दिए ।

बिज्ञापन

‘ट्रू–मीका उत्पादनहरूलाई हामीले पछिल्लो तीन महिनादेखि नेपाली बजारमा परीक्षण स्वरुप बिक्रीवितरण गरेका थियौं, बजारमा साकारात्मक प्रतिक्रिया पायौं जसले गर्दा हामीलाई बजार विस्तारका लागि थप उत्साही बनाएको छ’, अध्यक्ष सुशान्त मुररकाले भने, ‘अमेरिकी प्रविधिबाट उत्पादित हेयरकेयर र स्किन केयर सामग्री भएर होला, उपभोक्ताको प्रतिक्रिया अपेक्षाकृत रुपमा सकारात्मक पायौं ।’

यस्तै, नायिका स्वस्तिमा खड्काले ट्रु मीले उत्पादन गरेका सामग्री गुणस्तरीय हुने बताइन् । साथै अमेरिकन प्रविधिबाट उत्पादित विभिन्न उत्पादनहरू गुणस्तरीय र प्रभावकारी हुने भएकाले ब्रान्डसँग आफू जोडिएको बताइन् ।

बिज्ञापन

गुणस्तरीय उत्पादन नेपालमा ल्याएकोमा कम्पनी र अध्यक्ष मुरारकालाई उनले धन्यवाद दिइन् । कार्यक्रममा बोल्दै ट्रुमीका उत्पादनका लागि ब्रान्ड एम्बेस्डर तथा सिनियर ब्युटी स्पेसलिस्ट रुश्का वैद्य श्रेष्ठले भनिन्, ‘क्लिनिकल्ली प्रमाणित, प्राकृतिक सामग्रीबाट उत्पादन भएको तथा छाला विशेषज्ञले समेत सिफारिस गरेको उत्पादन भएकोले ट्रू–मीका उत्पादनमा विश्वसनीयता निहित छ । यी सामग्रीमा कुनै हानिकारक तथा रसायन पदार्थ नरहेकाले सबैले प्रयोग गर्न उपयुक्त छन् ।’

नेपाली बजारमा आधिकारिक रुपमा १७ प्रकारका ट्रू–मी का हेयर–केयरका उत्पादन उपलब्ध हुनेछन् । बजारमा उपलब्ध सामग्रीहरूमा क्रेराटिन हेयर सिरम, हेयर फल कन्ट्रोल स्याम्पु, क्रेराटिन हेयर स्ट्रेट्रिङ्क, हेयर ब्लीज पाउडर, डेपल्पर, हेयर टिट्मेन्ट स्पा र हेयर वाक्स उपलब्ध रहेका छन् ।

त्यसैगरी, गोल्ड एन्ड हनी कलेक्सन (फेस स्कृब, फेस प्याक, फेस फेसियल क्रिम, फेस जेल, फेस क्लजीङ मिल्क), ओवाटोन पपया कलेक्सन (फेस स्क्रब,फेस प्याक, फेस फेसियल क्रिम, फेस जेल, फेस क्लजीङ मिल्क), मिक्स फ्रुट्स कलेक्सन (फेस स्कृब,फेस प्याक, फेस फेसियल क्रिम, फेस जेल, फेस क्लजीङ मिल्क), डायमन कलेक्सन (फेस स्क्रब,फेस प्याक, फेस फेसियल कृम, फेस जेल, फेस क्लजीङ मिल्क), स्किन ह्वाईटनिङ्ग प्रोड्क्ट (फेस स्कृब,फेस प्याक, फेस फेसियल क्रिम, फेस जेल, फेस क्लजीङ मिल्क) र रोज फेस टोनर लगायत कस्मेटिक उत्पादनहरू छन् ।

ट्रू–मीका हेयर–केयर र स्कीन केयरका सामग्रीहरू सबै प्रकारका केश तथा छालाका लागि उपयुक्त र प्रभावकारी रहेकोे कम्पनीले जनाएको छ ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते