काठमाण्डौ र धादिङको सिमानामा पर्ने धादिङको धुनिबेसी नगरपालिका–९ झ्याप्लेखोलामा पहिरोमा पुरिएका गाडीबाट १४ जनाको शव निकालिएको छ ।
बिज्ञापन
हिजो बिहान पहिरो जाँदा झ्याप्ले खोलामा गाडीहरु पुरिएका थिए । लु १ ज ४५७८ नम्बरको माइक्रोबसबाट पाँच वटा र नम्बर नखुलेको अर्को बसबाट नौ जनाको शव निकालिएको धादिङका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले जानकारी दिनुभयो ।
बिज्ञापन
हिजो बेलुका एक्साभेटरको सहायताले गाडी निकालिएको हो । पहिरोमा अरू बस पनि पुरिएको आशङ्कामा प्रहरीले खोजी गरिरहेको छ ।








