होमपेज > असार २९ बाट एकीकृत कारोबार सुरु गर्दै प्रभु महालक्ष्मी लाइफ, ३ दिन सबै सेवा बन्द रहने

असार २९ बाट एकीकृत कारोबार सुरु गर्दै प्रभु महालक्ष्मी लाइफ, ३ दिन सबै सेवा बन्द रहने

बिज्ञापन
बिज्ञापन

मर्जर प्रक्रिया पूरा गरी प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्सले यही असार २९ गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएका छन्। मर्जरपछि प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार सुरु हुने भएको हो। यी दुवै कम्पनी १ः१ सेयर स्वाप रेसियोमा मर्ज भएका हुन्।

बिज्ञापन

दुवै कम्पनीबीच २०७९ असार ३० गते मर्जरमा जाने प्रारम्भिक सम्झौता र गत जेठ ३ गते अन्तिम सम्झौता भएको थियो। दुवै कम्पनीको गत जेठ २६ गतेको साधारणसभाले मर्जर प्रक्रियालाई स्वीकृति गरिसकेको छ। मर्जरपछि कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा रमेशकुमार भट्टराई रहनेछन्। भट्टराईको नियुक्ति नेपाल बीमा प्राधिकरणले स्वीकृत गरिसकेको छ।

बिज्ञापन

प्रभु लाइफ र महालक्ष्मी लाइफलाई बीमा प्राधिकरणले गत जेठ २९ गते मर्जरका लागि अन्तिम स्वीकृति प्रदान गरेको थियो। प्रभु लाइफको बोनस सेयर जारीपछि मर्जरपछि दुवै कम्पनीको गरी ४२९।६ करोड चुक्तापुँजी हुनेछ। बीमा प्राधिकरणले तोकेको ५०० करोड चुक्तापुँजीका लागि एकीकृत कारोबारपछि ९० करोड रुपैयाँबराबर प्रिमियम मूल्यमा एफपीओ जारी गर्ने सहमति पनि भएको छ।

दुवै कम्पनीको सम्पूर्ण हरहिसाब र तथ्यांकलाई एकल इन्स्योरेन्स सफ्टवेयरमा समायोजन तथा साल तमामी गर्ने प्रयोजनका लागि असार २९ गतेदेखि असार ३१ गतेसम्म सम्पूर्ण बीमा सेवा, कारोबार तथा अन्य सेवा बन्द रहनेछ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते