होमपेज > देशभर गर्मी बढ्दै

देशभर गर्मी बढ्दै

बिज्ञापन
बिज्ञापन

प्रि-मनसुनका दिन सुरु भएकाले अब देशभर गर्मी बढ्दै जाने छ । प्रि-मनसुन अर्थात् मनसुन सुरु हुनुभन्दा अघिका दिन १ मार्च (१७ फागुन)देखि सुरु हुन्छ ।

बिज्ञापन

मार्च, अप्रिल र मे तीन महिनालाई प्रि–मनसुन अवधि भनिन्छ । यो अवधिमा गर्मी बढ्ने, हावाहुरी चल्ने, चट्याङ पर्ने लगायतका मौसमी गतिविधि हुन्छन् । गत वर्ष अत्यधिक गर्मी र तराईका जिल्लाहरुमा तातो हावाको लहर चल्दा विद्यालय नै बन्द गर्नुपरेको थियो । नेपालमा गत वर्ष एप्रिल २० मा भैरहवामा सबैभन्दा बढी गर्मी मापन भएको थियो । त्यहाँ ४३.६ डिग्री सेल्सियस अधिकतम तापक्रम रेकर्ड भएको थियो ।

बिज्ञापन

नेपालको हालसम्मकै उच्च तापक्रम भने ४६.४ डिग्री सेल्सियस हो । यो तापक्रम सन् १९९५ को जुन १६ मा धनगढीमा रेकर्ड भएको थियो । अहिले भने नेपालभर उल्लेख्य मौसमी प्रणाली केही पनि छैन । त्यसैले अहिले घाम मात्र लागिरहेको छ । यो घाम आगामी दिनमा अझै चर्को हुनेछ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज विराटनगर र जनकपुरमा सबैभन्दा बढी गर्मी हुने सम्भावना छ ।

विराटनगर र जनकपुरको अधिकतम तापक्रम ३३ डिग्री सेल्सियससम्म पुग्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज सबैभन्दा कम तापक्रम जुम्लामा माइनस २ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स