होमपेज > संसदमा बजेटमाथि पहिलोपल्ट मतदानः बहुमतले पारित

संसदमा बजेटमाथि पहिलोपल्ट मतदानः बहुमतले पारित

बिज्ञापन
बिज्ञापन

सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०–८१ को बजेट पारित भएको छ । बजेट बहुमतका आधारमा मत विभाजन गरेर पारित भएको हो । प्रतिनिधिसभामा बजेटमाथि पहिलो पटक मतदान भएको हो ।

बिज्ञापन

आज९बुधबारको प्रतिनिधि सभाको बैठकमा ध्वनि मतका आधारमा बहुमतले बजेट पारित भएको घोषणा सभामुख देवराज घिमिरेले गरेको भए पनि एमाले सचेतक महेश बर्तौलाले मत विभाजनबाट निर्णय गर्न माग गरेसँगै मत विभाजनबाट बजेट पारित भएको हो ।

बिज्ञापन

उपस्थित २५५ सांसद मध्ये बजेटको पक्षमा १४७ मत, विपक्षमा १०८ मत र तटस्थमा शून्य मत परेको छ । योसँगै अर्थमन्त्री डा। प्रकाशशरण महतले गत जेठ १५ गते प्रस्तुत गरेको बजेट पारित भएको हो । जसमा जिल्ला निर्वाचन कार्यालयहरु जिल्ला प्रशासन कार्यालयमा समेट्ने प्रस्ताव फिर्ता भएको छ । अन्य भने यथावत रहेको छ ।

अर्थमन्त्री प्रकाशशरण महतले जवाफ दिएसँगै प्रक्रियामा लगेर सभामुख देवराज घिमिरेले बजेट ध्वनि मतको आधारमा बहुमतले पारित भएको घोषणा गरेका थिए । तर, एमालेका तर्फबाट सचेतक महेश बर्तौलाले विपक्षमा रहेका सांसद धेरै रहेको दाबी गर्दै मत विभाजनको माग गरेपछि प्रक्रियामा लगिएको हो ।

बिज्ञापन

निर्वाचन कार्यालयहरु जिल्ला प्रशासन कार्यालयमा भन्ने बजेटको व्यवस्था बाहेक अन्य सबै विषय यथास्थितिमा पारित भएको छ । बजेटका विनियोजनहरु संशोधन नभए बजेट नै पारित हुन नदिने धम्की दिँदै आएका एकीकृत समाजवादी र जसपाले यथास्थितिमै बजेटको पक्षमा उभिए । सरकारलाई समर्थन गरिरहेको जनमत पार्टीले मात्र बजेट संशोधन नभएको भन्दै बजेटको विपक्षमा उभियो ।

विनियोजन विधेयक, २०८० लाई निर्णयार्थ प्रस्तुत गरियोस् भनेर अर्थमन्त्री प्रकाशशरण महतले पेस गरेकोमा प्रतिनिधिसभाले बहुमतले पारित गरेको हो । बजेट पारित गर्नका लागि सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्र, सत्तारुढ दलहरू कांग्रेस, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी पार्टीले सांसदहरूलाई ह्वीप लगाएका थिए ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते