होमपेज > अर्थतन्त्र धरासायी बन्नुमा प्रचण्डको मात्र दोष छ र?

अर्थतन्त्र धरासायी बन्नुमा प्रचण्डको मात्र दोष छ र?

बिज्ञापन
बिज्ञापन

एक वर्षअघि हरेक नेपालीको ओठमा मुस्कान थियो । उनीहरु खुलेर कुरा गर्ने अवस्थामा थिए । तर, अहिले प्रत्येक नेपालीलाई राजनीतिक अस्थिरता र बढ्दो आर्थिक संकटको चिन्ता छ । सबै जना निराश छन् । जो पनि लगानी डुबेकै गुनासो गरिरहेका हुन्छन् । ऋणको बोझमा दबिएका त कति हुन् कति । हरेक व्यवसायी तनावमा छन् । घरजग्गा व्यवसायी, सेयर व्यवसायी, यातायात व्यवसायीलगायत अन्य व्यवसायीहरु डुबिसकेका छन् ।

बिज्ञापन

यता, बैंकिङ्ग क्षेत्र पनि नाजुक अवस्थामा पुगेको छ । सहकारीका कारण पीडित बन्नेहरुको ओइरो लागेको छ । बजारमा पुरै मन्दी छाएको छ । आम नागरिकसंग पैसाको अभावले बजार छपक्क छोपेको छ । व्यापार व्यवसाय धरासायी बन्ने स्थितिमा पुगेको छ । किनमेल गर्न कोही नभएको व्यवसायीहरु बताउँछन् । एक वर्ष अघिको अवस्था नियाल्ने हो भने सेयरमा राम्रै कारोबार भइरहेको थियो ।

बिज्ञापन

घरजग्गाको खरिदबिक्री पनि चलिरहेको थियो । गाडी किन्नेहरुको संख्या पनि उत्तिकै हुन्थ्यो । तर, अहिले यी क्षेत्र सोत्तर बनिसकेको छ । किन्ने कोही छैनन्, बेच्ने मात्र छन् । अर्थविद्हरु घरजग्गा, सेयर र गाडी तीन दशक अघिकै मूल्यमा झर्ने बताउँदै आएका छन् । सरकारले यी क्षेत्रबाट सबैभन्दा धेरै राजस्व उठाइरहेको थियो । यद्यपि, किनबेच ठप्प हुँदा राजस्वमा कमी आएको छ ।

राजस्व नउठ्दा सरकारलाई आफ्नै खर्च धान्न महामुश्किल परिरहेको छ । बैंक तथा वित्तिय संस्थाहरुको धेरै लगानी यी तीन क्षेत्रमा छ । जसको असर अहिले बजार र मुलुकको अर्थतन्त्रमा देख्न थालिसकेको छ । सरकार त्यतिबेला आँखा चिम्लेर बस्यो । अब अहिले गर्छु भनेपनि के गर्ने रु खेतीयोग्य जमिनलाई खण्डीकरण गरेर, टुक्राटुक्रा पारेर बेच्ने कामले यहाँ प्राथमिकता पायो । सरकारी रेट आनाको पाँच हजार भएको जग्गालाई दलालीहरुले टुक्राए ।

बिज्ञापन

सो जग्गामा प्लानिङ्ग गरेर आनाकै लाखौंमा बेच्ने काम भयो । यो क्रम केही वर्ष बेस्सरी चल्यो । किन कि जग्गाको मूल्य दिनको दुई गुणा र रातको चौगुणा बढ्यो । मूल्य आकाशिएको देखेर बैंक तथा वित्तिय संस्थाले यही क्षेत्रमा लगानी गर्यो । केही समय यता नेपालीलाई आफ्नै गाडी चढ्ने मोह चलेको छ । ऋण लिएर भएपनि निजी सवारी साधन किन्नु परेको छ ।

भारतले पाँच रुपैयाँ किलोमा बिक्री नहुने फलामलाई लाखदेखि करोडौंमा बेच्यो । नेपालीले आँखा चिम्लेर धमाधम किने । त्यही गाडी धितो राखेर बैंकले कर्जा दियो । कुनै पनि संस्थाले कति रुपैयाँमा सेयर निकास गर्छ? सेयरको निकाल्दाको मूल्य जम्मा एक सय रुपैयाँ प्रति कित्ता हो । तर, यहाँ पनि दलालीको बिगबिगी भयो । एक सयको सेयर ३२ सय रुपैयाँसम्म खरिदबिक्री भयो ।

सबैले तत्कालको अवस्था हेरे, भकाभक लगानी गरे । अहिले त्यसकै प्रतिफल भोगिरहेका छन् । ३२ सयमा किनेको सेयर हजार रुपैयाँमा बेच्छु भन्दा पनि कसले किन्ने रु बजारमा सेयर बेच्ने यत्तिकै छन्, किन्ने कोही छैन् । सेयर त निरन्तर ओरालो लागिरहेको छ । घरजग्गा र गाडीको अवस्था पनि त्यस्तै छ । हिजो ६० लाखमा किनेको जग्गा १० लाखमा बेच्छु भन्दा पनि बिक्री हुँदैन् ।

२० लाखमा किनेको गाडी पाँच लाखमा किनिदिने पनि कोही छैनन् । सहकारीमा बचत भएका ९७ लाख बचतकर्ता त ‘मर्नु न बाँच्नु’ को अवस्थामा पुगेका छन् । ३५ हजार २४९ वटा सहकारीले २० अर्ब रुपैयाँ खाइदियो । हजारदेखि करोडसम्म बचत गरेका छन्, बचतकर्ताले । उनीहरु निराश बनेका छन् । कतिले खेत बेचेर पैसा राखेका थिए । कतिले आफ्नो जिन्दगीभरको कमाइ बचत गरेका थिए ।

तर, अहिले पैसा नै माया मार्नुपर्ने स्थिति सिर्जना भएको छ । बैंकमा बचत भएकाहरु पनि उत्तिकै तनावमा छन् । बैंक पनि डुब्ने हो कि रु भन्ने आशंका गर्न थालिएको छ । बैंकलाई पनि बचत फिर्ता गर्न सकस परिसकेको छ । यता, बजारमा पाँच सय र हजारको नोट हाहाकार भएको छ । बेरोजगारी बढेको बढ्यै छ । रोजगारी भएकाहरुले पनि वर्षौदेखि तलब पाउन सकेका छैनन् । न कोठाभाडा तिर्न सकेका छन् न बालबालिकाको स्कुल फिस तिर्ने पैसा छ । मँहगीले सीमा नाघिसकेको छ । एकातिर थोरै तलब हुन्छ, अर्कोतिर भनेको बेलामा त्यो पनि पाइँदैन् । अनि कसरी गुजारा गर्ने? पहिलेपहिले काम गर्नेहरु खोज्न हिँड्नुपथ्र्यो । तर, अहिले काम खोज्न आउनेहरुको यत्तिकै छन् । पसलपसल, घरघरमा पुगेर काम खोजिरहेको देखिन्छ । राजधानीका धेरै घरहरु खाली भइसकेका छन् ।

व्यवसाय नभएपछि व्यापारीहरुले सटर नै छोडिदिए । कोठा भाडा तिर्न नसकेपछि प्रायःजसो आफ्नै गाउँघर फर्किए । घरधनीहरु ‘टुलेट’ लेखेको पोस्टर टाँसेर बसेका छन् । जसोतसो व्यापार सञ्चालन गरिरहेकाहरु पनि यस्तै अवस्था बन्यो भने सबै छोडेर घरै फर्किनुपर्ने बताउँछन् ।

कोठा लिएर बस्दै आएकाहरुको पनि त्यस्तै गुनासो छ । पैसा नभएपछि बोरा चामल किन्न छाडिएको छ । किलो चामल किनेर छाक टार्ने क्रम बढेको छ । विकल्प नभएपछि के गर्ने रु आफ्नै पेट त मार्नुपर्यो । सरकार जागिर भएकाले पेटभरी खालान् । तर, अरुले सक्दैनन् । आम्दानी छैन्, काम खोज्यो काम पाइँदैन् । भोको पेटमा पटुका बाँधेर हिँड्नुपर्ने बाध्यता सिर्जना भएको छ ।

सरकारले अर्थतन्त्र सुधारको दाबी गर्दै आएको छ । खोइ, कहाँ भएको छ, सुधार? टाढाटाढासम्म कुनै संकेत त देखिएको छ । सरकारी कर्मचारीलाई नै तलब खुवाउन नसक्ने अवस्थामा छ, सरकार । अहिले त विदेशीसंग ऋण लिएर जसोतसो तलबभत्ता, पेन्सन खुवायो । यो क्रम कहिलेसम्म चल्छ? अरुको सामु हात थापेर कहिलेसम्म देश चलाउने? राजनीतिमा आउनुको उद्धेश्य के हो?

नेताहरुले यो नै बुझ्न सकेनन् । उनीहरुलाई जागिर खान आएझैं भएको छ । मासिक तलब र सरकारी सेवासुविधा । जागिर खान त्यति नै मन थियो भने लोकसेवा लडेको भए हुन्थ्यो । देशलाई बन्दगी राख्नुपर्ने अवस्था त आउँदैनथ्यो । वडाध्यक्ष, मेयर, सांसद्, मन्त्री, प्रधानमन्त्री, राष्ट्रपति, भुपू मन्त्री, भूपू प्रधानमन्त्री, भूपू राष्ट्रपति, भूपू कर्मचारी सबै खाने मात्र छन् । काम गर्ने कसैले होइनन् ।

अनि मुलुक कसरी उमो लाग्छ रु जनताले तिरेको करले यिनीहरुको चाकरी गर्न पुग्दैन् । सरकारले नेपाल प्रहरीलाई तीन महिना तलब नदिने घोषणा गरेको छ । तर, सर्वसाधारणले यसको विरोध गरिरहेका छन् । सर्वसाधारणहरु आर्मी र अन्य सरकारी कर्मचारीलाई तलब नदिएपनि हुने बताउँछन् । तर, नेपाल प्रहरी र ट्राफिक प्रहरीलाई तलब दिनुपर्नेमा उनीहरुको जोड छ ।

किन कि नेपाल प्रहरी र ट्राफिक प्रहरी जतिबेला पनि ड्युटीमा खटिएका हुन्छन् । अहिले बजारमा मुलुकको प्रधानमन्त्रीको खुब विरोध भइरहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुक सिद्धयाउन लागेको भनेर आम नागरिकहरु उनीप्रति खनिएका छन् । तर, प्रचण्ड प्रधानमन्त्री भएको त चार महिना भयो । चार महिनामा अर्थतन्त्र सखाप भएको हो र? यसअघि केपी ओलीदेखि लिएर शेरबहादुर देउवाको सरकार थियो ।

झलनाथ खनाल, बाबुराम भट्टराई, माधवकुमार नेपाललगायतको पनि त यहाँ हात छ । अर्थतन्त्र एकैपटक तहसनहस भएको होइन् । संकेत देखिएपनि हावादारीमा उडाइयो । सबैले आआफ्नो धोक्रो भने काम गरे । जनता मरेपनि कसलाई मतलब रु साँच्नै नै भन्ने हो भने देश बिग्रिन थालेको २०४६ साल पछाडि हो । भ्रष्ट्राचार बढ्यो, नेताहरु बिलासी बने । खेतीयोग्य जमिनमा प्लानिङ्ग गर्ने र बाटो बनाउने क्रम बढ्यो ।

मुलुक परनिर्भर बन्दै गयो । अन्य मुलुकको सामु घुँडा टेक्नुपर्ने बाध्यता बन्यो, नेपाललाई । हिजो सुको ऋण नभएका नेपालीको टाउको अहिले ९० हजार विदेशी ऋण छ । चाहे जुनसुकै शासन आओस्, अब मुलुकलाई ‘ट्रयाक’ मा ल्याउन सकिँदैन् । २०४६ सालपछि जुनजुन पार्टी सरकारमा गए, तिनले जनतासंग माफी माग्नुपर्छ । भ्रष्ट्राचार गरेर कमाएको सम्पत्ति राष्ट्रियकरण गर्नुपर्छ ।

सरकारी कर्मचारी र उद्योग व्यवसायीले भ्रष्ट्राचार गरेर जोडेको सम्पत्ति राष्ट्रलाई नै फिर्ता गर्नुपर्छ । यस्तै अवस्था रह्यो भने नेपालको अवस्था जटिल बन्छ । सबै जनता सडकमा उत्रिन बेर छैन् । सरकारले जनताभन्दा शक्तिशाली कोही छैनन् भन्ने बिर्सिएको छ । यो देख्न अब धेरै बेर लाग्दैन् ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते