होमपेज > वनमा खेर गइरहेको सिस्नो र बाँको हङकङ पुग्यो

वनमा खेर गइरहेको सिस्नो र बाँको हङकङ पुग्यो

बिज्ञापन
बिज्ञापन

वनमा खेर गइरहेको बाँको अहिले भान्सामा पुगेको छ । सिपालुको हात लागेपछि बाँको गुन्द्रुक बन्छ । बारीमा झाडी बनेको सिस्नोको माग अधिक छ । सीप सिकेका महिला सिस्नोको धुलो बनाउँछन् ।

बिज्ञापन

प्याकिङपछि सिस्नो सबैको भान्सामा पुग्छ । तरकारीका लागि मात्रै प्रयोग गरिने आलु खाजा बनेको छ । चिप्स बनाएपछि आलुको मूल्य दोब्बर पर्छ । बागलुङको जैमिनी नगरपालिका–३ दमेकका उद्यमीको परिचय यिनै उत्पादनले बदलेको छ ।

बिज्ञापन

यहाँका किसानले उत्पादन गरेको बाँको, सिस्नो र आलु चिप्सको माग बजारमा बढ्दो छ । वनजङ्गल र घरआँगनमा खेर गइरहेको सिस्नोलाई सङ्कलन गरी पाउडर बनाइन्छ । पहिले तरकारीका रूपमा एकाध प्रयोग हुने बहुगुणी सिस्नोको बजारीकरणमा जैमिनी नगरपालिकाले सघाएको छ । नगरपालिकाले सिस्नोको धुलो बनाउने आधारभूत तालिम र मेसिन समेत सहयोग गरेपछि महिला उद्यमी उत्साहित छन् ।

‘यो वर्ष मात्रै दुई हजार किलो सिस्नो पाउडर तयार भयो, माग धान्नै सकिएन’, गाजादह सिस्नो पाउडर उत्पादन समितिका अध्यक्ष अध्यक्ष तारादेवी पुनले भनिन्, ‘अब सिस्नो उत्पादनमा लाग्नुपर्ने भयो ।’ पहिले छुँदा पोल्ने सिस्नोलाई झाडीका रूपमा पन्छाएर आगो लगाउने किसानले अहिले सिस्नो जोगाउन थालेका छन् ।

बिज्ञापन

‘बाँझो जग्गामा सिस्नो लगाउने योजना छ, आफै उम्रिएको सिस्नोले अब पुग्दैन’, पुन भन्छिन्, ‘सामान्य प्रचार हुँदा मात्रै देश–विदेशबाट माग आयो ।’ चितवन, काठमाडौँ, पोखरा र हङकङका बजारमा दमेकको सिस्नो पुगेको उनले बताइन् । यसले स्थानीय महिलालाई आम्दानी पनि राम्रो भएको छ । पाउडरका रूपमा उत्पादन गरिने सिस्नो विभिन्न खानाका परिकारसँग खान मिल्ने र स्वास्थ्यलाई समेत फाइदा पुग्ने भएकाले माग बढ्दै गएको हो । प्रतिकेजी रु छ सय ५० मा सिस्नोको धुलो बिक्री भइसकेको पुनले बताइन् ।

सिस्नोको धुलो जस्तै बाँकोको गुन्द्रुक पनि दमेकको परिचय बनेको छ । छुँदा चिलाउने बाँकोलाई किसानले सावधानीपूर्वक टिपेर गुन्द्रुक बनाउँछन् । त्यही गुन्द्रुकले प्राङ्गारिक स्वाद दिन्छ । ‘हामीले यो वर्ष व्यावसायिक उत्पादनको प्रयास थाल्यौँ, प्रशोधन र प्याकिङमा नगरपालिकाले सहयोग गरेको छ’, स्थानीय कृष्णबहादुर छन्त्यालले भने, ‘गाउँ आउनेले बोकेर जानुहुन्छ, बजारबाट आएको माग पूरा गर्न सकिएको छैन ।’

बाँको सबै याममा पाइँदैन । किसानले वर्षायाममा जङ्गलबाट बाँको घर भित्र्याउँछन्, गुन्द्रुक बनाउँछन् । बाँकोको गुन्द्रक एक सय ग्रामलाई रु दुई सयमा बिक्री हुने गरेको छ । ‘धान फल्दैन, कोदो, मकै र गहुँ कम फल्छ, हाम्रो मुख्य उत्पादन आलु हो, अहिले गुन्द्रुकले आम्दानीसँग जोडेको छ’, छन्त्यालले भने ।

खानाको स्वादका लागि निकै राम्रो मानिने दमेकको आलुले पनि स्वरुप फेरिएपछि मूल्य पाउन थालेको छ । किसानले बर्सेनि उत्पादन गर्ने आलु कहिले खाद्यान्नसँग साटेर त कहिले बिक्री गरेर खर्च चलाउँथे । पछिल्लो समय वडा र नगरले चिप्स बनाउन सिकाएको छ । किसानले आलुको चिप्स बनाउन थालेपछि आलुको सटही र बिक्री गर्दाभन्दा दोब्बर मूल्य पर्ने गरेको स्थानीय इन्दिरा थापाले बताइन् । ‘स–साना उत्पादन गरेरै भए पनि नागरिकलाई उद्यमी बनाउने प्रयासमा छौँ’, वडाध्यक्ष कृष्णबहादुर भुजेल भन्छन्, ‘आलु चिप्स वडाका विद्यालय, कार्यालय र सार्वजनिक कार्यक्रममा खाजाका रूपमा प्रयोगमा ल्याएर भए पनि यसको प्रवद्र्धन गर्छौ ।’

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते