होमपेज > विश्व बैंकले नेपाललाई १५ अर्ब ८४ करोड रुपैयाँ अनुदान दिने

विश्व बैंकले नेपाललाई १५ अर्ब ८४ करोड रुपैयाँ अनुदान दिने

बिज्ञापन
बिज्ञापन

विश्व बैंकले नेपालको विद्यालय शिक्षा क्षेत्र रूपान्तरण कार्यक्रम कार्यान्वयनका लागि १२ करोड अमेरिकी डलर अर्थात् १५ अर्ब ८४ करोड रुपैयाँ आर्थिक सहायता स्वीकृत गरेको छ ।

बिज्ञापन

अमेरिकाको वाशिङट्नमा बसेको विश्व बैंकको कार्यकारी बोर्ड बैठकले नेपालका लागि १२ करोड डलर आर्थिक सहायता स्वीकृत गरेको हो । विद्यालय क्षेत्र रूपान्तरण कार्यक्रम सञ्चालन विद्यालय शिक्षा क्षेत्रका कार्यक्रमहरूमा आधारित छ । यसले स्थानीयस्तरमा विशेष गरेर गणित र अंङ्ग्रेजी विषयका शिक्षकको सीप विकास, विद्यालयको भौतिक पूर्वाधार सुधारलगायतका काम गरेर शिक्षालाई गुणस्तरीय बनाउने लक्ष्य लिएको छ ।

बिज्ञापन

नेपाल, माल्दिभ्स र श्रीलङ्काका लागि विश्व बैंकका देशीय निर्देशक फारिस हदाद जार्भोसले गुणस्तरीय शिक्षामा लगानी गर्नु मानव पुँजीको विकासका लागि महत्वपूर्ण भएको उल्लेख गर्दै यो आर्थिक सहायताले नेपाल सरकारको लक्ष्य पूरा गर्न सहयोग पुर्‍याउने बताएका छन् ।

यसै सहायतामार्फत प्रारम्भिक कक्षाहरूमा राष्ट्रिय एकीकृत पाठ्यक्रम लागू गरेर आधारभूत सीपहरू सुधार गर्ने, कोरोना महामारी र अन्य प्रकोपका कारण विद्यालय बन्द हुँदा हुने सिकाइ हानीलाई सम्बोधन गर्ने, उपयुक्त कक्षा कोठाको निर्माण, डिजिटल शिक्षणलाई सुदृढ गर्ने, बालिका र अपाङ्गगता भएका विद्यार्थीलाई विशेष ध्यान दिने र छात्रवृत्तिलगायतका कार्यक्रम पनि सञ्चालन हुनेछन् ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते