होमपेज > सुपारी र कुखुराको अवैध आयात रोक्न माग

सुपारी र कुखुराको अवैध आयात रोक्न माग

बिज्ञापन
बिज्ञापन

अवैधरुपमा भारतबाट भित्रिने कुखुरा र तेस्रो मुलुकबाट आयातित सुपारीले स्वदेशी उत्पादनको बजार धराशायी बनाएको स्थानीय व्यवसायीले बताएका छन् ।

बिज्ञापन

जिल्ला कुखुरा व्यवसायी सङ्घ झापाका अध्यक्ष विवेक निरौलाले खुकुलो सीमाको फाइदा उठाउँदै भारतबाट अवैध ढङ्गले भित्रिरहेको कुखुरा, मासु र अण्डा नरोक्ने हो भने स्वदेशी पोल्ट्री व्यवसाय बन्द हुने र फार्म सञ्चालक ऋण तिर्न नसक्ने बताए । उनका अनुसार झापाको एक सय ४४ किलोमिटर सीमा क्षेत्रबाट दैनिक चार हजार किलोभन्दा बढी मासु, जिउँदो कुखुरा र अण्डा अवैधरुपमा भित्रिरहेको छ । यसबाट वार्षिक रु ५० करोडभन्दा बढी रकम अनाधिकृत ढङ्गले विदेश गइरहेको छ ।

बिज्ञापन

‘दुई खर्बभन्दा बढी लगानी र कूल गार्हस्थ्य उत्पादनमा चार प्रतिशत योगदान दिइरहेको पोल्ट्री व्यवसायबाट लाखौँले रोजगारी पाइरहेका छन्’, निरौलाले भने, ‘आत्मनिर्भर एउटा मात्र कृषि उद्योगको रुपमा रहेको यसलाई जोगाउन अवैध आयात कडाइका साथ रोक्न राज्यले सहयोगी भूमिका निर्वाह गर्नुपर्छ ।’

मुलुकमै सबैभन्दा धेरै सुपारी उत्पादन हुने जिल्लाको पहिचान बनाएको झापामा तेस्रो मुलुकबाट आयातित सुपारीका कारण स्वदेशी सुपारीले बजार र उचित मूल्य पाउन नसकेको व्यवसायीको गुनासो छ । सुपारी कृषक नीलकण्ठ तिवारीले विदेशबाट डलरमा किनेर भारतमा तस्करी गर्ने उद्देश्यले सुपारीको आयात गर्न कार्य तत्काल रोक्न माग गरे । विदेशी सुपारीका व्यापारीले स्थानीय किसानले उत्पादन गरेको सुपारीले निर्यातको कोटा हडपेकोे आरोप लगाए ।

बिज्ञापन

‘किसानले बाहुनडाँगीमा फलाएको स्थानीय सुपारी काँकरभिट्टामा बेच्न ल्याउँदा प्रहरीले पक्रिएर दुःख दिने गरेको छ’, उनले स्थानीय सुपारीको व्यापारमा सरकार नरम हुनुपर्ने माग गर्दै भने, ‘स्वदेशकै उत्पादनले पुग्दो छ भने किन विदेशबाट सुपारी आयात गर्ने ?’ नेपालमा १५ हजार मेट्रिक टन सुपारी उत्पादन हुने गरेको र सिङ्गापुरलगायतका तेस्रो मुलुकबाट २५ हजार मेट्रिक टन सुपारी आयात हुने गरेको उनले बताए । तेस्रो मुलुकबाट डलर खर्चेर हुने गरेको आयातलाई उनले ‘सुन दिएर घुन ल्याउने गरेको’ टिप्पणी गरे ।

कोशी प्रदेशका प्रदेशसभा सदस्य गोपाल तामाङले सीमित व्यापारीको सुपारी र मासुको धन्धाले गर्दा हजारौँ किसानको स्वदेशी उत्पादन बर्बाद हुने अवस्था आउन नदिन राज्यले बेलैमा सोच्नुपर्ने धारणा व्यक्त गरे । मेची मासु उत्पादक सहकारी संस्थाका अध्यक्ष भगीरथ राईले केही धनधावालले भारतबाट मरेका कुखुरा समेत लुकीछिपी ल्याएर सीमावर्ती बजारमा बेच्ने गरेको उल्लेख गर्दै यसबाट वैधानिक र स्वच्छ व्यवसाय गर्ने बदनाम भइरहेको बताए ।

खुला सीमाका कारण सीमित सुरक्षाकर्मीले मात्र सीमामा हुने अवैध धन्धा निमिट्यान्न बनाउन सम्भव नहुने प्रहरी उपरीक्षक दुर्गा रेग्मीको भनाइ छ । सचेत नागरिक, व्यवसायी र जनप्रतिनिधिबाट रचनात्मक सहयोगको खाँचो रहेको उनी बताउँछिन् । प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले कुखुराको मासु, अण्डा र जिउँदो कुखुरा भारतबाट आयात गर्न प्रतिबन्ध रहेकाले त्यस्तो कार्यमा संलग्नलाई कानुनी कारबाहीको दायरामा ल्याइने बताए । रासस

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते