होमपेज > नेपाल लाइफ इन्स्योरेन्सले कमायो ४४ करोड १ लाखभन्दा बढी खुद नाफा

नेपाल लाइफ इन्स्योरेन्सले कमायो ४४ करोड १ लाखभन्दा बढी खुद नाफा

बिज्ञापन
बिज्ञापन

नेपाल लाइफ इन्स्योरेन्सले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म रू. ४४ करोड १ लाखभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षको यसै अवधिसम्म रू. १३ करोड ४ लाखभन्दा बढी खुद नाफा गरेको कम्पनीले यस वर्ष २३७ प्रतिशत बढी खुद नाफा गरेको हो ।

बिज्ञापन

यस वर्ष कम्पनीको रू. ६५ करोड ५१ लाखभन्दा बढी आम्दानी गरेको छ भने रू. २१ करोड ५० लाखभन्दा बढी खर्च गरेको छ । गत वर्ष यस अवधिमा कम्पनीले रू. ४५ करोड ६ लाखभन्दा बढी आम्दानी गरेको थियो भने रू. ३२ करोड १ लाखभन्दा बढी खर्च भएको थियो ।

बिज्ञापन

गत वर्षको तुलनामा यस वर्ष कम्पनीको आम्दानी बढी र खर्च कम भएकाले खुद नाफामा उल्लेख्य बृद्धि भएको हो । हाल कम्पनीको चुक्तापूँजी रू. ८ अर्ब २० करोड ७९ लाख ६६ हजार छ । जगेडा कोष रकम रू. ४८ करोड ४ लाखभन्दा बढी रहेको कम्पनीको जीवन बीमा कोषमा रू. १ खर्ब ५० अर्ब ८५ करोड कायम रहेको छ ।

दोस्रो त्रैमाससम्म कम्पनीको खुद बीमा शूल्क करिब २ प्रतिशत बढी रहेको छ । गत वर्ष रू. १८ अर्ब ११ करोडभन्दा बढी खुद बीमाशुल्क आर्जन गरेको कम्पनीले यस वर्ष रू. १८ अर्ब ४० करोडभन्दा बढी खुद बीमाशुल्क आर्जन गरेको हो ।

बिज्ञापन

गत वर्षभन्दा यस वर्ष खुद दाबी भुक्तानी साढे १५ प्रतिशत बढेको छ । गत वर्ष रू. ७ अर्ब ३० करोडभन्दा बढी खुद दाबी भुक्तानी गरेको कम्पनीले यस वर्ष रू. ८ अर्ब ४४ करोडभन्दा बढी खुद दाबी भुक्तानी गरेको हो । कम्पनीको प्रतिशेयर आम्दानी रू. १० दशमलव ७३ र प्रतिशेयर नेटवर्थ रू. ११६ दशमलव ०१ रहेको छ ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते