बीवाइडीले नेपाली बजारमा दुई नयाँ मोडल बिक्री सुरु गर्ने भएको छ । केही दिन अघि सिलायन–सेभन बिक्री सुरु गरेको कम्पनीले सिगल ह्याचव्याक र एटो–टु एसयूभी बिक्री सुरु गर्न लागेको हो ।
बिज्ञापन
बीवाइडीले ‘मास सेलिङ प्रोडक्ट’को रुपमा एटो–टु र सिगल नेपाल ल्याउने भएको छ । चीनबाट नेपालको लागि दुवै गाडी हिडिसकेको आधिकारीक बिक्रेता कम्पनी साइमेक्स इंकले जानकारी दिएको हो । बीवाइडी एटो-थ्रीकै सफलता पच्छाउने अनुमान गरिएको एटो–टु डल्फिन ह्याचव्याक र एटो९थ्री एड्भान्सको बीचमा रहने गरी बजारमा आउने अनुमान गरिएको छ ।
बिज्ञापन
अन्य राइट ह्याण्ड ड्राइभ भएका देशमा पनि डल्फिन कै मूल्यमा एटो–टु बिक्री सुरु भएको कारण नेपालमा पनि आकर्षक मूल्यमा आउने र ग्राहक तान्ने अनुमान गर्न सकिन्छ । बीवाइडी एटो–थ्रीकै जस्तो लुक र डिजाइनमा रहेको एटो–टु, साइजमा भने केही सानो छ ।








