होमपेज > आम्दानी कम खर्च धेरै: सरकारी खाता ३ खर्ब रुपैयाँभन्दा धेरैले घाटामा

आम्दानी कम खर्च धेरै: सरकारी खाता ३ खर्ब रुपैयाँभन्दा धेरैले घाटामा

बिज्ञापन
बिज्ञापन

चालू आर्थिक वर्ष २०८०/८१ सकिन एक हप्ता बाँकी रहँदा सरकारी खाता तीन खर्ब रुपैयाँभन्दा धेरैले घाटामा रहेको छ । सरकारको आम्दानी कम र खर्च धेरै हुँदा सरकारी खाता ३ खर्ब ४ अर्ब रुपैयाँभन्दा धेरैले घाटामा रहेको हो ।

बिज्ञापन

महालेखा नियन्त्रकको कार्यालयका अनुसार हिजो आइतवारसम्म सरकारले कर, अनुदान र अन्य शीर्षकमा ९ खर्ब ९४ अर्ब २९ करोड रुपैयाँ आम्दानी गरेको छ । तर खर्च भने १२ खर्ब ९८ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ । आम्दानीभन्दा खर्च बढी गरेको सरकारले कर्मचारी पाल्नकै लागि ऋण लिइरहेको छ । सरकारले चालू आर्थिक वर्षको जेठसम्ममा ३ खर्ब ७ अर्ब रुपैयाँ आन्तरिक ऋण र ८२ अर्ब रुपैयाँ वैदेशिक ऋण लिएको छ ।

बिज्ञापन

आम्दानीतर्फ ९ खर्ब ६८ खर्ब रुपैयाँ राजस्वबाट, २ अर्ब ७५ करोड रुपैयाँ अनुदानबाट र २३ अर्ब रुपैयाँ अन्य तर्फबाट आम्दानी गरेको छ । यस्तै खर्चतर्फ ९ खर्ब १५ अर्ब चालू खर्च, १ खर्ब ५३ अर्ब पूँजीगत र २ खर्ब २८ अर्ब रुपैयाँ वित्तीय व्यवस्थातर्फ खर्च भएको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार चालू खर्च झन्डै ८१ प्रतिशत पुग्दा विकास खर्च भने जम्मा ५२ प्रतिशत मात्रै रहेको छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते