होमपेज > तिहार सुरु, आज धनतेरस र यमदीपदान मनाइँदै

तिहार सुरु, आज धनतेरस र यमदीपदान मनाइँदै

बिज्ञापन
बिज्ञापन

बिज्ञापन

उज्यालो र भाइबहिनीको माया साट्ने पर्व तिहार अर्थात् यमपञ्चक आजदेखि विधिवत् सुरु भएको छ। प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइने यो पर्व आज दिउँसो १:२३ बजेपछि त्रयोदशी तिथि लागेसँगै आरम्भ भएको हो।

बिज्ञापन

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज धनतेरस (धनत्रयोदशी) र यमदीपदान पर्व मनाइँदैछ। समितिका सदस्य तथा धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईका अनुसार दिउँसो त्रयोदशी तिथि लागेकाले आजैदेखि यमदीपदान सुरु गर्नुपर्ने शास्त्रीय मान्यता रहेको छ।

समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालका अनुसार आइतबार काग तिहार, सोमबार कुकुर तिहार र लक्ष्मीपूजा, बुधबार गाई, गोरु, गोवद्र्धन र आत्म (म्ह) पूजा, र बिहीबार भाइटीका परेको छ। उनका अनुसार सोमबार बिहान नरक स्नान गरी कुकुर तिहार मनाइने र बेलुकी लक्ष्मीपूजा गरिने छ। सोमबार दिउँसो २:५२ बजेसम्म चतुर्दशी र त्यसपछि औंसी तिथि लाग्ने भएकाले राति औंसीका समयमा लक्ष्मीपूजा गर्ने परम्परा रहेको बताइएको छ।

बिज्ञापन

यस वर्ष भाइटीकाको साइत बिहीबार बिहान ११:३९ बजे रहेको समितिले जनाएको छ। भाइटीकाका बेला दाजुभाइ पश्चिम फर्केर र दिदीबहिनी पूर्व फर्केर बस्ने शास्त्रीय विधि अनुसार पूजा गर्नुपर्ने समितिका सदस्य लक्ष्मण पन्थीले जानकारी दिए। तिहारका अन्य दिनहरूमा पनि शास्त्रीय विधि अनुसार पूजा गर्न सुझाव दिइँदै समितिले “राज्य सञ्चालकले साइतमा टीका लगाउनुपर्छ, सर्वसाधारणका लागि मध्याह्नमा पनि टीका लगाउन सकिन्छ” भनेको छ।

यसैबीच, राजधानीसहित देशभर दीपावलीको माहोल सुरु भएको छ। घर, पसल र सडकहरूमा बत्ती बाल्न थालिएको छ भने बजारमा फूलमाला, मैनबत्ती र विद्युत् बल्बको व्यापार बढेको छ। काठमाडौँ उपत्यका बडादशैंमा सुनसान भए पनि तिहारमा झिलीमिली बत्ती र देउसीभैलोको स्वरले उत्सवमय बन्छ। कर्णाली र सुदूरपश्चिमका केही जिल्लामा भने कोजाग्रत पूर्णिमाबाटै देउसीभैलो सुरु गर्ने परम्परा अझै जीवित छ।

नेपाल प्रहरीले भने पटाका नपड्काई सभ्य र सुरक्षापूर्ण रूपमा तिहार मनाउन सबैलाई आग्रह गरेको छ। प्रहरीले पछिल्ला दिनमा ठूलो संख्यामा अवैध पटाका बरामद गरे पनि प्रयोग रोक्न विशेष निगरानी बढाएको जनाएको छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते