अमेरिकाविरुद्धको टी-२० सिरिजको अन्तिम खेलमा नेपालले उत्कृष्ट सुरुवात गरेको छ । टस जितेर पहिले ब्याटिङ रोजेको अमेरिकाविरुद्धको खेलमा नेपालले अहिलेसम्म तीन विकेट झारिसकेको छ।
बिज्ञापन
ग्रान्ड प्रेरि स्टेडियममा रिजन ढकाल र सोमपाल कामीले नेपालका लागि १ १ विकेट लिएका छन् भने पछिल्लो विकेट ललित राजबंशीले लिएका हुन्। अमेरिकाले ९ दशमलव ५ ओभरमा ३ विकेटको क्षतिमा७१ रन बनाएको छ। ३ खेलको टी- २० सिरिजमा लगातार २ खेलमा जित हासिल गरेर नेपालले सिरिज जितिसकेको छ।
बिज्ञापन
नेपालले पहिलो खेलमा अमेरिकालाई १७ रनले हराउँदा दोस्रो खेल सुपरओभरमा जितेको हो।नेपालले एक खेल अघि नै सिरिज जितिसकेको छ।








