बिज्ञापन
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई भाइटीकाको दिनबाहेक अन्य दिनहरूमा पनि भन्सार जाँचपासका लागि बैंकिङ सेवा सञ्चालन गर्न निर्देशन दिएको छ।
बिज्ञापन
केन्द्रीय बैंकले क, ख र ग वर्गका सबै बैंक तथा वित्तीय संस्थालाई पत्राचार गर्दै व्यापार सहजीकरण र आपूर्ति प्रणाली निरन्तर सञ्चालनमा राख्न बैंकिङ सेवा सक्रिय राख्न आग्रह गरेको हो।
राष्ट्र बैंकले आज (शनिबार) का लागि ‘रियल टाइम ग्रस सेटलमेन्ट’ (RTGS) प्रणाली बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन हुने जनाएको छ।
बिज्ञापन
सूचनामा भनिएको छ कि आयात–निर्यात तथा भन्सार जाँचपासका काममा अवरोध नआओस् भन्ने उद्देश्यले बैंकिङ सेवा निरन्तर राख्न आवश्यक व्यवस्था गर्नुपर्ने छ।








